Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सिंहदरबारमा जले ४४१ गाडी र ६०१ मोटरसाइकल

- shuvadmin / मङ्गलबार, भदौ ३१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राजधानीको सिंहदरबार र वरपरका सरकारी निकायमा रहेका ४४१ साना गाडी तथा बस र ६०१ मोटरसाइकल र स्कुटर जलेका छन्।

सम्बन्धित निकायको प्रारम्भिक तथ्याङ्क र गोरखापत्र दैनिकले गरेको स्थलगत अवलोकनअनुसार जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि शिक्षा, स्वास्थ्य, गृह, अर्थ, सडक विभाग, महान्यायाधिवक्ताको कार्यालयलगायतका निकायमा रहेका सरकारी सवारी साधन जलेका हुन्।

जलेका सवारी साधनमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मात्र ४७ साना गाडीरबस र ७४ मोटरसाइकल र स्कुटर जलेका छन्।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल, गृह मन्त्रालयका २५ गाडी र ३० मोटरसाइकल, शिक्षा मन्त्रालयका २६ गाडी र ४७ मोटरसाइकल, सडक विभागका ६५ गाडी र अज्ञात संख्यामा मोटरसाइकल जलेका प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।

यसरी विभिन्न मन्त्रालय तथा कार्यालयका ४४१ सवारी साधन र ६०१ मोटरसाइकल र स्कुटर पूर्ण रूपमा नष्ट भएको प्रारम्भिक विवरण आएको हो।

Page Views: 989
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama