काठमाण्डू, स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको। थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ ३१ गते र असोज ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो ।
उक्त दिनहरु सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सयमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।