Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुग्लिन मलेखु सडक रातिदेखि अवरुद्ध, आज खुल्ने सम्भावना कम

- shuvadmin / मङ्गलबार, असोज ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, मुग्लिन मलेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो जाँदा सोमबार राति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।

ठूलो पहिरो आएका कारण अवरुद्ध सडक खुलाउन मङ्गलबार दिनभर लाग्ने भएको छ ।

मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले आज दिनभर सवारी सञ्चालन हुन नसक्ने जानकारी दिए ।

राति १२ बजे पहिरो आएपछि तत्काल काम गर्न नसकिएको उनले बताए ।

पहिरो पन्छाउने तयारी भएपनि रातिको समयमा जोखिम हुने भएकाले आज बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ ।

अहिले पनि पहिरो खस्ने क्रम भएकाले काम गर्न कठिन भएको कार्यालय प्रमुख नेपालले जानकारी दिए । पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ ।

चितवनबाट राजधानी जाने र पोखराबाट राजधानी जाने सवारी साधनले वैकल्पिक बाटो अपनाउन कार्यालय प्रमुख नेपालले अनुरोध गर्नु भएको छ ।

उनले भने , ‘‘पोखरा र चितवन हुँदै काठमाडौँ जाने सवारी साधनलाई हेटौँडाको सिस्नेरीबाट जान अनुरोध गर्दछु ।

पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले यो बाटो भएर यात्रा गर्ने योजना नबनाउन अनुरोध छ ।’’

शुक्रबार पहिरो आएर आइतबार साँझ मात्र सञ्चालन आएको मुग्लिन नारायणगढ सडकखण्ड मङ्गलबार जवाङ खोलामा आएको पहिरोले गर्दा पुनः राजधानी जोड्ने राजमार्ग अवरुद्ध भएको हो ।

Page Views: 67
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama