Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुग्लिन नौबिसे सडक खुल्यो, तुइनखोलाको पहिरो पन्छाउने क्रम जारी

- shuvadmin / बिहिबार, असोज ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, मुग्लिन नौविसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

बुधबार राति ९ बजे पहिरो खसेर दुईतर्फी नै सडक बन्द रहेकोमा रातभर काम गरेपछि बिहानबाट यातायात सञ्चालनमा आएको हो ।

अहिले दुईतर्फी नै गाडी सञ्चालन भएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्मिच खण्डका प्रमुख केदार नेपालले जानकारी दिए ।

यस सडकखण्डमा खसेको पहिरो पन्छाए पनि फेरि पहिरो झर्ने जोखिम भने कायम रहेको उनले जानकारी दिए ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मङ्गलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन ।

बुधबारदेखि नै पहिरो पन्छाउने काम भए पनि ठूलो पहिरो खसेका कारण काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

तुइनखोलाको पहिरो बिहानैदेखि पन्छाउने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकखण्डमा आएको पहिरोका कारण मुग्लिनमा रोकिएका सवारी साधनले पोखरा काठमाडौँका यात्रा कठिन भएको छ ।

सवारी साधनको जामले गर्दा पोरखा जान समस्या भएको छ । ट्राफिक नियम विपरीत सवारी साधन रोकिँदिदा सडकनै अवरुद्ध भएको छ ।

मुग्लिन प्रहरीले रोकिएका सवारी साधनलाई व्यवस्थित पारेर पोखरा, काठमाडौँ यातायात सहज सञ्चालन गराउन प्रयास गरिराखेको छ ।

Page Views: 122
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama