Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भेडाच्याङ्ग्रा बेचेर मुस्ताङमा भित्रियो साढे ३६ करोड

- shuvadmin / बिहिबार, असोज ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुस्ताङ, मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको छ ।

दशैंका लागि मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहित जिल्ला भित्रका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ ।

यस बर्ष मुस्ताङका कृषकले ६ सय ७५ भेडा (च्यालुक), ७ हजार दुईसय १ च्याङ्ग्रा बिक्री गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

त्यसैगरी मुगुबाट पाँचसय, जुम्लाबाट सातसय ७५, तिब्वत हुदै कोरला नाकाबाट पाँचसय ५० र डोल्पा जिल्लाबाट ५ हजार ९ सय भेडा च्याङ्ग्रा मुस्ताङ हुदै बाहिरिएको केन्द्रका प्रमुख डा। लालमणि अर्यालले बताए ।

केन्द्र प्रमुख डा. अर्याल भन्छन्, ‘‘दशैमा बिक्री गर्ने भेडाच्याङ्ग्रा निकासी भइसकेको छ, मुस्ताङका किसानले गोठबाट र आफैंले बेचेर मनग्य आम्दानी गर्नुभएको छ ।’’

केन्द्र प्रमुख डा.अर्यालका अनुसार अब दशैंका लागि फाटफुट बाहेक सबै थासाङ गाउँपालिकाको सिमाना घाँसाबाट बाहिरिएको छ ।

मुस्ताङका किसानले रोज्जा, रोमा तथा सानाठूला भेडा च्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ४० हजारका दरले बिक्री गरेका छन् ।

सरदर मूल्यअनुसार ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको बिक्री भएको केन्द्रका प्रमुख डा.अर्यालले बताए ।

गतवर्षको तुलनामा करिब एक करोडभन्दा बढीको भेडा च्याङ्ग्रा बिक्री भएको छ ।

मुस्ताङका भेडाच्याङ्ग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाडौंसहित देशको विभिन्न जिल्लाबाट गएका ब्यापारीले बजारमा लगेर बिक्री गरेका छन् ।

मुस्ताङमा खरिद गर्न जाने ब्यापारीले कृषकबाट खरिद गरेको मूल्य लुकाउने गरेका छन् भने बजारमा रोज्जा भेडा च्याङ्ग्रालाई ४० हजार रुपियाँभन्दा बढीमा बिक्री गर्ने गरेको पाइन्छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरका कृषक आङ्ग्याल गुरूङले यसवर्ष १ करोड ५० लाखभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री गरेको बताए ।
कृषक गुरूङले भन्नुभयो, ‘‘मेहनत अनुसारको कमाइ छ, बजारबाट आउने ब्यापारीले मनपरी मूल्य गर्दा च्याङ्ग्रापालक कृषक मारमा परेका छन् ।’’

सामान्यतः एउटा भेडाच्याङ्ग्रालाई मासु खानयोग्य बनाउन ३ देखि ५ वर्षसम्म पाल्नुपर्ने अवस्थामा चरन, खोप तथा गोठालोसहित अन्य खर्च हुन्छ ।

चरन क्षेत्र र गोठाला अभावले कृषकले बजारको मागअनुसार उत्पादन गर्न सकेका छैनन् ।

नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादनलाई प्रोत्साहन गरिएकाले मुस्ताङबाट बाहिरिने भेडाच्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभरी एकसय कृषक सूचिकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा छन् ।

कृषकले बिक्री योग्य च्याङ्ग्रा मात्र बजारमा पठाउँछन् ।

दशैंपछि तिहारका लागि समेत करिब ४ देखि ५ हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेषगरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने उपभोक्ताको भनाइ छ ।

Page Views: 47
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama