Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सप्तरीको बनौलीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

- shuvadmin / शनिबार, असोज १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सप्तरी, सप्तरीको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खडक नगरपालिका १० बेलहा घर भएका मोटरसाइकल चालक २८ वर्षीय चिन्तामणि चौधरीकोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।

त्यसैगरी, अर्का मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा ७ घर भएका २७ वर्षीय सोविन चौधरीको पनि उपचारको क्रममा ११ बजे मृत्यु भएको उनले बताए ।

मृतकको शव पोष्टमार्टमपछि शुक्रबार परिवारजनलाई बुझाइएको छ ।

सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार सोविनकी श्रीमती २५ वर्षीया रमिता चौधरी र सोविनकै साथी सन्तोष चौधरीको ८ वर्षीया छोरी रचना चौधरी घाइते भएका छन् ।

रमिताको पेट र दुवै खुट्टामा, रचनाको टाउको र खुट्टामा चोट लागेको छ । दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama