Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रोशी खोलाले बीपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने

- shuvadmin / सोमबार, असोज २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

खुर्कोट, लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पुर्‍याएको छ ।

बाढीको कारण बीपी राजमार्ग ठप्प भएको छ ।

खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।

गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बीपी राजमार्गमा ठुलो क्षति भएको थियो ।

अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो ।

अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं आउजाउ गर्नुपर्ने भएको छ ।

सडक विभागका महानिर्देशक विजय जैशीले बीपी राजमार्ग बन्न कम्तीमा सात दिन लाग्ने बताए ।

उनले खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने जानकारी दिए ।

खोलाले गत वर्ष जस्तै सडक कटान गरेको जैशीले जानकारी दिए ।

Page Views: 70
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama