Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गुल्मी धुर्कोट गाउँपालिकाका स्थानीयलाई बाजाको तालमा नाचिने ‘सरायँ’ जोगाउन चुनौती

- shuvadmin / बुधबार, असोज २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गुल्मी, गलाभरी जमराको पहेँलो माला भिरेर सरायँ नाच्दा–नाच्दै धुर्कोट गाउँपालिका –५ वस्तुका केरमान गन्दर्भ र रामबहादुर गन्दर्भका कपाल फुलेर सेतै भइसके ।

उमेरले ७० नेटो काटे पनि सरायँ नाचमा उनीहरुको जोश युवाकोभन्दा कम छैन ।

उनीहरु दुई भाइको धुर्कोट कोतमा गर्विलो उपस्थिति हुनेगरेको छ । स्थानीयलाई गन्दर्भ दुई भाइबिना धुर्कोट कोतको सरायँ न्यास्रो लाग्छ ।

मुसिकोट नगरपालिका–४ वडागाउँ बारुकामा हुने सरायँको ७३ बर्षीय निर्खसिंह ठकुरी पुरानो मध्येको साक्षी हुन् ।

उनी बच्चाबाटै सरायँ खेले । पहिले–पहिले सरायँ खेल्ने र हेर्नेले चौर खचाखच हुन्थ्यो ।

द्वन्द्वकालअघि रातिमा सरायँ हुने भएकाले जुनको झुल्कोसँगै सरायँ हेर्ने र खेल्नेले बारुकाको खेल मैदान भरिभराउ हुन्थ्यो ।

सुरक्षाको कारण द्वन्द्वकालपछि दिउसोमा सरायँ गर्न थालिएको ठकुरीले बताए ।

माालिका गाउँपालिका –६ का ६३ बर्षीय डिलबहादुर परियार १८ बर्षको उमेरबाट सरायँ खेले ।

सरायँमा डिलबहादुरले फुकेकोे नर्सिङ्गा र कर्नालले फुलबारी थर्किन्थ्यो । टहटह पूर्णिमाको जूनेली रातमा सरायँ खेल्ने र हेर्नेहरुले फुलबारीमा खुट्टा राख्ने ठाउँ हुन्थेन् ।

डिलबहादुरको जोश उस्तै छ । उनका अनुसार सरायँ खेल्दा प्रत्येक दुई मिनेटमा नर्सिङ्गा र कर्नाल फुक्नुपर्छ ।

कम्तीमा आधा घण्टामा पालो दिने मान्छे हुनुपर्छ । उनले भने, ‘आँखै अगाडि इस्मा, छाप, घमिर र अर्जैका सरायँ खस्किदै गए । अहिले चौरमा सरायँ खेल्दा चौरमा फेरो समेत पुग्दैन ।”

कुम–कुम जोडेर, बसेर र उठेर दमाह ठोक्न ७० बर्षीय मीनबहादुर परियारलाई बुढेशकालमा सजिलो छैन ।

उमङ्गले गरुङ्गो दमाह पनि हलुङ्गो हुने मीनबहादुर बताउँछन् । सनाई गीतमा दमाहको ताल नमिले सरायँ खल्लो हुन्छ ।

हतियार र बाजाको तालमा ‘आयो दसैं गयो, देवी भेट भयो’ । ‘बाँचे आइसल भेट राखे माया पेट’ भन्ने गीतमा खेलिने सरायँ नाच आफैमा मनमोहक छ । अचेल सरायँ नाचमा पाको पुस्ता दुर्लभ बनेका छन् ।

युवा पुस्तामा टिकेर खेल्ने र मर्म बुझेका निकै कम छन् । त्यो मात्रै नभएर बाजा बजाउनेहरुको पुस्तामा पनि उरन्ठ्यौलोपन भित्रिएको छ ।

मीनबहादुरले भन्नुभयो, “बाजा बिगारे बा–हजुरबाले कारबाही गर्थे । अहिले देखावटी र नक्कली धेरै भए सम्झाए पनि मान्दैनन् ।”

अर्जे पश्चिम गुल्मीको सबैभन्दा व्यवस्थित सरायँ हुने ठाउँ हो । पहिले दसैंको पूर्णिमाको दिन रातमा हुने सरायँ हुने भएपनि पछि पूर्णिमामा हुँदैआएको छ ।

ऐतिहासिक सरायँ जोगाउन स्थानीयले सबै प्रयास कायम राखेको मालिका गाउँपालिका –६ का पूर्व वडाध्यक्ष शोभाखर गिरिले बताए ।

दशैंको भोलिपल्टबाट इस्मा मैदानमा सरायँ हुन्छ । इस्माली र छपाली एकै ठाउँ भेटेपछि मैदानको बिचभागको मौलो छोप्न आइपुग्छन् ।

यो परम्परालाई पहिले बहादुरी र बिजयउत्सवको रुपमा विकास गरियो । त्यो बेला इस्माली र छपालीमध्ये कसले पहिले मौलो छुने भन्ने दौड हुन्थ्यो ।

त्यो मानसिकताका कारण झगडा बढेपछि अहिले आत्मीय सम्मानको रुपमा भेट हुने र सरायँ खेल्ने गरिएको छ ।

दशैंमा घर आएकाहरु इस्मा मैदान पुगेर सरायँ नहेरी गन्तव्यमा फर्किदैन्थे । इस्मामा सरायँकै बिचमा नाँच्ने र बजाउनेहरुलाई इस्मा ओलक खुवाइन्छ ।

मनकामना पूजा समितिका अध्यक्ष खगराज बस्नेतका अनुसार ओलक निकै पुरानो प्रचलन हो । दही, केरा र अम्बालाई ओलक भनिन्छ ।

बस्नेतका अनुसार केही बर्षसम्म इस्मा दोहली, रजस्थल, दर्लामचौर र छापका स्थानीयले ल्याएको दहीले मैदानमा इन्द्रबीर बस्नेतको घर भरिन्थ्यो ।

कोतको नाममा दही, केरा र अम्बा ल्याउँदा धार्मिक आनन्दता प्राप्त हुन्थ्यो । अहिले गाउँ र मान्छेका मन रुखो बनेका छन् ।

सहयोग र आस्था मर्दै गएकाले छापले मात्रै ओलक ल्याउने र आफूहरुले दही किनेर सरायँ खेल्नेहरुलाई खुवाउँदै आएको मनकामना पूजा समितिका अध्यक्ष बस्नेतले बताए ।

Page Views: 33
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
आज नेपाल र यूएई भिड्दै
ताजा अपडेट
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama