Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विपीनसहित २२ बन्धक जीवित रहेको इजरायलको विश्वास, रिहाइ हुने भएपछि खुसियाली

- shuvadmin / आइतबार, असोज २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अविश्वसनीय रुपमा हमास र इजरायलबीच सम्झौता भएपछि हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइ हुने पक्का भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई दुवैले सकरात्मक रुपमा लिँदै सम्झौता गरेपछि जीवित र मृत सबै बन्धकहरु रिहाइ हुँदैछन्।

यस्तोमा इजरायलबाट हमासको अपहरणपछि बन्धक बनाइएका नेपालका विपीन जोशीसहित २२ बन्दकहरू जीवितै रहेको विश्वास इजरायलले गरेको छ।

बन्धीहरु रिहाइ हुने भएपछि तेलअभिभ लगायत इजरायली शहरुमा लाखौं मानिसहरुले चाँडो रिहाइका लागि प्रदर्शन गरेका छन्।

साथै यो सम्झौतामा खुसीसमेत साँटेका छन्। उनीहरुले दीर्घकालीन शान्तिका लागि जोड दिएका छन्।

एपीको समाचारलाई उदृत गर्दै वासिङ्गटन पोस्टले विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गर्दै समाचार लेखेको छ।

समाचार जीवित ठानिएका २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ।

इजरायलको तेल अभिभमा रहेका एपीका रिपोर्टरहरु मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारलाई पोस्टले महत्त्वका साथ प्रकाशन गरेको छ।

नेपालका २४ वर्षीय विपीन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरू प्रस्तुत गरिएको छ।

तर, उनको अवस्था यसअघि अज्ञात भनिएको थियो। गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि लागु भएको छ।

करिब दुई वर्ष लामो विनाशकारी युद्धपछि शान्ति तर्फको यो ठुलो कदमका रुपमा हेरिएको छ।

यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि शुरु भएको थियो ।

जसमा करिब १,२०० इजरायमा रहेका १२०० जना मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो।

त्यस्पछि इजरायलले गरेको जवाफि आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

साथै गाजा सिटी ध्वस्त जस्तै बनेको छ। करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशत भन्दा बढी मानिस विस्थापित भएका छन्।

विभन्न समयमा विचबिच बन्धकहरु रिहाइ हुँदै आउँदा अहिले गाजामा ४८ जना बन्धकहरू रहेका छन् ।

जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश रहेको जनाइएको छ।

इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको जनाएको छ।

यसअघि करिब २० जना जीवित रहेको दाबि गरिएको थियो।

शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ।

यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। युद्धविराम सहमति अनुसार सोमबार अपराह्न सम्ममा सबै ४८ जनालाई रिहा गरिसक्नुपर्ने छ।

यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ।

विपिनको परिचयमा उनी आक्रमण हुनु एक महिना अघिमात्र आफ्नो जन्मभूमि नेपालबाट इजरायल आएको र उनी गाजामा अझै जीवित रहेको विश्वास गरिएका एकमात्र गैर(इजरायली बन्धक भएको बताइन्छ।

उनी विद्यार्थी आदान–प्रदान कार्यक्रमअन्तर्गत गाजाको सीमा नजिक रहेको किब्बुट्ज अलुमिममा कृषि अध्ययन र काम गर्न इजरायल आएका थिए।

आक्रमणका क्रममा उक्त कार्यक्रममा सहभागी १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो ।

जोशीले लुकेर बसेको सुरुङबाट केही नपड्किएको ग्रिनेड बाहिर फ्याँक्न सफल भए पनि उनी घाइते हुँदै अपहरणमा परेको बताइन्छ।

Page Views: 21
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama