Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दमकमा फेला पर्‍यो जेन्जी आन्दोलनका क्रममा लुटिएको ३०३ राइफल

- shuvadmin / आइतबार, असोज २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दमक, झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिर नजिक बेवारिसे अवस्थामा एक थान ३०३ राइफल फेला परेको छ ।

स्थानीयवासीले आज बिहान मन्दिरको पूर्वपट्टि रहेको गेट नजिक बन्दुक देखेपछि तत्काल इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए ।

जानकारी प्राप्त लगत्तै प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानपछि फेला परेको सो हतियार गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको ३०३ राइफल भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार उक्त राइफल म्यागजिनसहित भेटिएको र आवश्यक कानूनी प्रक्रिया पूरा गरी कार्यालयमा सुरक्षित राखिएको छ ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने,–सुरक्षा चुनौती बनेका लुटिएका हतियारमध्ये एउटा फिर्ता पर्नु सकारात्मक संकेत हो ।

बाँकी हतियार खोजीका लागि हाम्रो टोली सक्रिय छ ।

जेन्जी आन्दोलनको नाममा देशका विभिन्न ठाउँमा भएका हिंसात्मक गतिविधिबाट प्रहरीका हातबाट लुटिएका हतियारको खोजी कार्य जारी छ ।

प्रहरीका अनुसार हालसम्म देशभरबाट लुटिएका १२ थान हतियार फिर्ता परिसकेका छन् भने अझै करिब तीन दर्जन हतियार फरार प्रदर्शनकारी र आपराधिक समूहको कब्जामा रहेको अनुमान गरिएको छ ।

स्रोतका अनुसार, लुटिएका हतियारमध्ये अधिकांश ३०३ राइफल, इन्सास, एसएमजी र शटगन लगायतका रहेका छन् ।

केही हतियार सीमावर्ती क्षेत्रमा वेपत्ता भएको शंका गरिएको छ ।

सुरक्षा निकायका एक अधिकारीका अनुसार, हतियार फिर्ता हुने क्रम देखिनु समाजमा सुरक्षाप्रतिको विश्वास पुनःस्थापित हुने संकेत हो ।

उनले भने, प्रहरीसँगै स्थानीयको सहयोगले अब बाँकी हतियार पनि फिर्ता हुने अपेक्षा गर्न सकिन्छ ।

यसैबीच, गृह मन्त्रालयले सबै प्रदेश प्रहरी कार्यालयलाई लुटिएका हतियार फिर्ता अभियानलाई तीव्र पार्न निर्देशन दिएको छ ।

नागरिकले शंका लाग्ने वस्तु वा बेवारिसे हतियार देखेमा तुरुन्त नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन आग्रह गरिएको छ ।

स्रोतका अनुसार हालसम्म १२ थान लुटिएका हतियार फिर्ता, ३५ भन्दा बढी अझै हराइरहेका छन् ।

Page Views: 28
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama