Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको मन्त्री घिसिङले गरे निरीक्षण

- shuvadmin / आइतबार, असोज २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बिर्तामोड, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको झापाको कन्काई पुलको स्थलगत निरीक्षण गरेका छन्।

हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो सो पुलको निर्माण प्रगतिबारे जानकारी लिँदै मन्त्री घिसिङले स्थानीयसँग छलफल गरे।

पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ।

यो पक्की पुल ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७र६८ मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी पाएको उल्लेख गर्दै मन्त्री घिसिङले अब यसको विस्तृत अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए।

उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौँ।

जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौँ, चाँडै निकास दिन्छौँ।’

स्थानीय बासिन्दाहरूले पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धनमा समेत असर परेको भन्दै पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरेका थिए।

निर्माण व्यवसायीकातर्फबाट २०७६ सम्म काम गरिएको थियो। तर, निर्माणमा त्रुटि देखिएपछि प्राविधिक परीक्षण गरिएको थियो।

त्रुटि सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिए पनि ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ।

हाल निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधनबमोजिम म्याद थपका लागि निवेदन दिएका छन्।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बीम (गर्डर) हालिएको छ।

६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ।

यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका-२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरे।

बाढीका कारण उक्त पुल भाँचिएको थियो। उनले उक्त पुलको पनि प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे।

मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायतको उपस्थिति थियो।

Page Views: 88
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama