Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

३३ करोडको जुम्ली स्याउ निर्यात, उत्पादन घटेपनि मूल्य र क्षेत्रफलमा भने वृद्धि

- shuvadmin / बुधबार, असोज २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जुम्ला, जुम्लाबाट यो सिजनमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ । यो रेकर्ड भदौ र असोज महिनाको मात्र हो ।

कात्तिक मसान्तसम्म स्याउ निर्यातको क्रम जारी रहन्छ । कृषि विकास कार्यालय जुम्लाले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, निर्यातको तथ्याङ्क गत वर्षको तुलनामा कम हो ।

गत वर्ष यो अवधिसम्म ९ हजार ३३१ मेट्रिक टन स्याउ निर्यात भइसकेको थियो । तर, यो वर्ष घटेर ४ हजार ७२५ मेट्रिक टनमा खुम्चिएको छ ।

जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि संकलनमा कडाइ गर्दै स्थानीय तह - Bizness News - Leading Business News Portal of Nepal

गत वर्ष जुम्लाले समग्रमा ६१ करोड २ लाख ४७ हजार रुपैयाँ बराबरको स्याउ निर्यात गरेको थियो ।

यद्यपि, यो पटक उत्पादनमै गिरावट आएको तथ्याङ्कले देखाउँछ । कृषि विकास कार्यालयका अनुसार, प्राप्त विवरणमा हालसम्म १३ हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमानित तथ्याङ्क छ ।

कात्तिक मसान्तसम्म करिब ४५ करोड रुपैयाँसम्मको स्याउ निर्यात हुनसक्ने अनुमान कृषि कार्यालयले गरेको छ ।

जुम्ली किसानलाई स्याउ टिप्न चटारो – Online Khabar

गत वर्ष जुम्लामा १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले स्याउ उत्पादन घटेको छ । असिनाले यो पटक उत्पादनमा गिरावट आएको स्याउ कृषक बताउँछन् ।

कृषि विज्ञहरूका अनुसार मौसमी प्रभाव, बाली व्यवस्थापनमा चुनौती वा नयाँ बिरुवाले पूर्ण उत्पादन दिन समय लाग्ने लगायतका कारणले उत्पादन घटेको हो ।

५० प्रतिशत कम फल्यो जुम्ली स्याउ | Investopaper

असिना र वर्षाले गर्दा १६ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण कृषि कार्यालयले तयार पारेको थियो ।

कात्तिक मसान्तसम्म ४५ करोड ६० लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको कृषि कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालयका अनुसार स्याउको विक्री मूल्यमा भने वृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिमेट्रिक टन स्याउको विक्री मूल्य ६५ हजार ४०० रुपैयाँ थियो । यस वर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ ।

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ – Parichay

यो प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्मको वृद्धि हो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारी यसले किसानलाई ठुलो राहत मिलेको बताउँछन् ।

जुम्ला स्याउ उत्पादनका लागि प्रख्यात जिल्ला हो । तथ्याङ्क अनुसार जुम्लाको स्याउ खेती निरन्तर विस्तार हुँदै गएको छ र यसले स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ ।

जुम्लाको स्याउ सुर्खेतबाट काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, महेन्द्रनगर, धनगढीका बजारमा निर्यात हुने गर्छ ।

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ, घरमै आउँछन् व्यापारी - Artha Dabali

बढ्दो क्षेत्रफल

कृषि विकास कार्यालयका अनुसार, स्याउ खेतीतर्फ किसानको आकर्षण हरेक वर्ष बढ्दै गएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक अनुमानअनुसार जुम्लामा स्याउ लगाइएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्ष २०७९/८० को ४ हजार ३२५ हेक्टरबाट बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ ।

‘यो १२० हेक्टरको थप विस्तारले स्याउ खेतीप्रति किसानको बढ्दो आकर्षणलाई दर्शाउँछ,’ निमित्त प्रमुख अधिकारीले भने ।

जुम्ली स्याउ खरिद गर्न आएनन् व्यापारी – Sansar News

यसैगरी, फल दिने स्याउको क्षेत्रफल पनि यो वर्ष बढेको छ । गतवर्ष दुई हजार हेक्टर क्षेत्रफल रहेकोमा यो वर्ष बढेर दुई हजार १२५ हेक्टर पुगेको छ, जुन १२५ हेक्टरको वृद्धि हो ।

यसले भविष्यमा उत्पादन अझ बढ्ने संकेत गर्छ ।

कृषक संलग्नता र जागरुकतामा वृद्धि

जुम्लामा स्याउ खेतीमा अग्रसर हुने घरधुरी संख्या पनि हरेक वर्ष बढ्दै गएको छ ।

स्याउ खेतीमा संलग्न कुल घरधुरीको संख्या गत वर्ष १९ हजार १२५ थियो । अहिले बढेर १९ हजार २५८ पुगेको छ ।

काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक – Online Khabar

जुम्लाका कुल २४ हजार ८३८ घरधुरीमध्ये ७७.५ प्रतिशत घरधुरी स्याउ खेतीमा संलग्न छन् ।

यस्तै, स्याउको विक्री वितरणमा संलग्न कृषकको संख्या पनि ७ हजार ३२५ बाट बढेर ७ हजार ३३० पुगेको छ ।

यद्यपि विक्री वितरण व्यापारमा संलग्न कृषकको संख्या ५२५ रहेकोमा यस वर्षको विवरण भने आउन बाँकी छ ।

जुम्लाका कृषकले हाल रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड रिचर्ड र जोनाथनजस्ता स्थानीय जातका स्याउ लगाइरहेका छन् ।

यसका साथै, फुजी, गालाजस्ता उन्नत जातका स्याउको खेती पनि भइरहेको छ ।

जुम्ली काँचो स्याउ बजारमाः पहिचान गुम्ने खतरा – Himalaya Television

राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले स्टार क्रिमसन डेलिसियस, ब्राइट एन्ड अर्ली र स्टार्क स्पर गोल्डेनजस्ता नयाँ जातका स्याउ सिफारिस गरेको छ, जसले जुम्लाको स्याउ खेतीलाई थप विविधता र गुणस्तर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले भने, ‘हामी उन्नत जात र आधुनिक खेती प्रणाली अपनाउन किसानलाई प्रेरित गरिरहेका छौँ ।’

काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक – Online Khabar

नयाँ जातहरूले उत्पादन र बजार मूल्य दुवैमा सुधार ल्याउन सक्ने आकलन गरिएको छ ।

अहिले प्रतिकिसान ५ हजारदेखि ४० हजारसम्म स्याउका बोट लगाउने किसान संलग्न छन् ।

४१.२ प्रतिशत स्याउ उत्पादन कर्णाली प्रदेशमा

नेपालका उच्च पहाडी क्षेत्रमा विभिन्न किसिमका अन्न तथा फलफूल उत्पादन हुने गरेको छ ।

कर्णालीका जुम्ला, कालिकोट, मुगु लगायतका जिल्लाहरूमा स्थानीय किसानहरूको जीविकोपार्जनको मुख्य आयस्रोतको रूपमा स्याउ खेती रहेको छ ।

तर, जुम्लाबाहेक अन्य जिल्लाको स्याउ उत्पादनदेखि निर्यातको रेकर्ड पाइँदैन । सरकारले पनि जुम्लाबाहेक अन्य जिल्लामा स्याउको क्षेत्रमा लगानी गरेको छैन ।

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

यद्यपि, जुम्ला जतिको स्याउ उत्पादन अन्य जिल्लामा हुँदैन । देशभरको कुल स्याउ उत्पादनको ४१.२ प्रतिशत कर्णाली प्रदेशमा हुने गरेको तथ्याङ्कले देखाउँछ ।

२०२४ सालमा जुम्लामा बागवानी फार्म स्थापना भएपश्चात् सो फार्मद्वारा भारतको कश्मीरबाट स्याउको बेर्ना ल्याएर जुम्लामा स्याउ खेतीको शुरुवात गरिएको थियो ।

स्थानीय किसानहरू स्याउको बगैंचा स्थापनामा लागे । बिस्तारै जुम्लामा स्याउको उत्पादन पनि बढ्यो । तथापि, बजार पहुँचको अभावका कारण आयस्रोतको दायरा भने सीमित थियो ।

जुम्ली किसानलाई स्याउ टिप्न चटारो - Chinari Post

२०६४/६५ सालमा कर्णाली राजमार्गको निर्माण भएसँगै जुम्ला जिल्ला सुर्खेत, नेपालगञ्ज लगायत विभिन्न बजारसँग जोडियो र यो सँगै स्याउको बजारीकरणमा पनि सुधार हुँदै आएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७२/७३ सालमा जुम्ला जिल्लालाई ‘स्याउ सुपर जोन’ को रूपमा अगाडि बढाइएको थियो ।

Page Views: 58
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama