Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा सोनल नियुक्त

- shuvadmin / बिहिबार, असोज ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई नियुक्त गरेकी हुन्।

सोनल ५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन्।

मंगलबार अल्पमतमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले बुधबार अपरान्ह ४ बजेसम्म दावी पेश गर्न समय दिएकी थिइन्।

तर, बुधबार मुख्यमन्त्रीमा दुई वटा दावी परेपछि ढिलो गरी सोनललाई नियुक्त गरिएको हो।

सोनललाई लोसपासहित जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको हो।

यस्तै, दोस्रो दावी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको हस्ताक्षरसहितको दावी पेश गरिएको थियो।

तर, जनमतका संसदीय दलका नेता उक्त पत्र गलत भएको भन्दै प्रदेश प्रमुखलाई आफूहरुको समर्थन सोनललाई रहेको भनेका थिए।

Page Views: 105
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama