Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन तीन महिनाअघि नै निर्माण सम्पन्न

- shuvadmin / बिहिबार, असोज ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालगन्ज, नेपालगन्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ ।

यस विमानस्थलले पश्चिम नेपालमै सबैभन्दा बढी हवाईसेवा प्रदान गर्दै आएको छ ।

आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरेपनि सम्झौताको तीन महिनाअघि नै निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

नेपालगन्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले पनि निर्माण कम्पनीले सम्झौताको समयभन्दा तीन महिनाअघि नै निर्माण पूरा गरेकाले केही दिनभित्रै हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।

उनले असोजको सुरुमै हस्तान्तरण गर्ने योजना रहे पनि जेनजी आन्दोलन र मौसमका कारण केही समय पर सारिएको जानकारी गराए ।

दुई तलासहितको अत्याधुनिक सो टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको आयोजना प्रमुख थापाले बताए ।

निर्माण कम्पनीका व्यवस्थापक विनोद सुवेदीले सम्झौताभन्दा तीन महिनाअगाडि नै टर्मिनल निर्माणको काम पूरा गरिसकिएको जनाउँदै तिहारलगत्तै हस्तान्तरण गरिने बताए ।

उनले तीन सय जना जनशक्ति खटाएर दिनरात तीव्र गतिमा काम गरेका कारण सम्झौताभन्दा पहिले नै काम पूरा गरिएको जनाउँदै असोज पहिलो सातामै हस्तान्तरण गर्ने योजना रहे पनि मौसमलगायत केही प्राविधिक कारणले तिहारपछि मात्रै हस्तान्तरण गरिने बताए ।

विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा एन्ड कम्पनीले २०७९ साल पुस १ गते सम्झौता गरेर २०८२ साल पुससम्ममा तीन अर्ब नौ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका व्यवस्थापक सुवेदीले दुई तलासहितको टर्मिनल भवन अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको जनाउँदै अध्यागमन र सुरक्षाका लागि कार्यालय भवन पनि तयार पारिएको बताए ।

भवनको अन्डरग्राउन्डमा सर्वसाधारणका लागि विभिन्न पसलसमेत राखिने छ ।

उनले थपे, “यो अत्याधुनिक टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।”

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले चार दशकभन्दा पुरानो यस विमानस्थलको स्तरोन्नति गरिएपछि अब यस क्षेत्रका सर्वसाधारणको माग अनुसार भारतको दिल्लीलगायतका ठुला सहरमा पनि उडानको दबाब बढाउन सहज हुने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अत्याधुनिक टर्मिनल भवन निर्माणपछि अब यस क्षेत्रका बासिन्दाले माग गर्दै आएको अन्तर्राष्ट्रिय उडान पनि सम्भव हुने बताए ।

नेपालगन्ज विमानस्थल २०३७ सालमा निर्माण गरिएको थियो । त्योभन्दा पहिले यो विमानस्थल खजुरामा रहेको थियो ।

यो विमानस्थलबाट अहिले सङ्घीय राजधानी काठमाडौँलगायत कर्णालीका विभिन्न पहाडी जिल्लामा पनि उडान हुँदै आएको छ ।

Page Views: 24
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama