Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, चैत ३०, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोलकाता आइपीएलको प्लेअफमा, मुम्बई इण्डियन्सको नवौं हार

- shuvadmin / आइतबार, बैशाख ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, कोलकाता नाइट राइडर्स भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग ( आइपीएल ) को प्लेअफ प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई १८ रनले हराउँदै कोलकाता प्लेअफमा प्रवेश गरेको हो ।

योसँगै ऊ जारी संस्करणमा औपचारिकरूपमा प्लेअफमा स्थान बनाउने पहिलो टिम बन्यो । मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको थियो ।

आफ्नो १३औँ खेलमा कोलकाताले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले वर्षाका कारण १६ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि इशान किसनले ४०, तिलक वर्माले ३२, रोहित शर्माले १९, नमन धीरले १७ र सूर्यकुमार यादवले ११ रन जोडे ।

कोलकाताका लागि आन्द्रे रसेल, वरुण चक्रवर्ती र हर्षित रानाले दुई/दुई तथा सुनिल नारायणले एक विकेट लिए ।

त्यसअघि इडेन गार्डेनमा टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि वैंकटेश अय्यरले ४२, नितिश रानाले ३३, आन्द्रे रसेलले २४, रिंकु सिंहले २० र रमनदीप सिंहले अविजित १७ रन बनाए ।

मुम्बईका लागि जसप्रित बुहरा र पियुष चावलाले दुई/दुई तथा नुवा तुषारा र अंशुल कम्बोजले एकरएक विकेट लिए ।

यो जितपछि शीर्ष स्थानमा रहेको कोलकाताले १२ खेलबाट १८ अंक जोडेको छ । उसले जारी सिजनमा ९ मा जित र ३ खेलमा मात्र हार बेहोरेको छ ।

कोलकाताले अझै दुई खेल खेल्न बाँकी छ । पराजित मुम्बई ८ अंकका साथ तालिकाको नवौँ स्थानमा छ ।

उसले १३ खेल खेल्दा ९ मा हार तथा ४ खेलमा मात्र जीत निकालेको छ । मुम्बईले अब अन्तिम खेलमा शुक्रबार लखनउ सुपर जायन्ट्ससँग खेल्ने तालिका छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama