Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भक्तपुरको दरवार रिर्सोटमा सोट्टो नेपालको १६ औं बार्षिक साधारणसभा

- shuvadmin / आइतबार, बैशाख ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेर्टस  ( सोट्टो ) नेपालको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भक्तपुरको गाम्चा स्थित दरवार रिसोर्टमाम भएको साधारण सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । सोट्टोका अध्यक्ष भुवनबहादुर पाण्डेले दीप प्रज्वलन गरेर उदघाटन गरेको कार्यक्रममा वरिस्ठ उपाध्यक्ष मानबहादुर शाही स्वागत मन्तब्य राखेका थिए ।

अध्यक्ष पाण्डेले ब्यावसायिक हकहित र पर्यटन प्रर्वधन गर्न संस्था सदैव तयार रहेको बताए । उनले पर्यटन ब्यावसायिसँगको समबन्ध मजबुत गराउँदै स्थापना कालमा देखिएका समस्या समाधान भएर र्गको बताए ।

ब्यावसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, सरकारले लिने धरौटी रकममा गरेको अस्वाभाविक बुद्दि र टिकटमा लगाएको मूल्य अभिबृद्दि करले समस्या परेको अध्यक्ष पाण्डेको भनाइ थियो ।

उनले यस्ता समस्या समाधानका लागि सस्था क्रियाशील भएको जिकिर गरे । सरकारी वायु सेवालाई कम्पनी मोडलमा जानु पर्नेमा जोड दिंदै अध्यक्ष पाण्डेले लुम्बिनी र पोखरा बिमानस्थल तत्काल सञ्चालनको माग पनि गरे ।

सोट्टो नेपाल मधेश प्रदेश अध्यक्ष वीरेन्द्र शाहले जनकपुर पनि पर्यटन प्रवर्दन गर्न आग्रह गरे । उनले नेपालको भौगोलिक अवस्थाका कारण हिमाल, पहाड र तराई सबै स्थानलाई समेटेर जानु पर्ने बताए ।

धार्मिक पर्यटनका रुपमा प्रचार गर्न पर्यटन बोर्डले बेवास्था गरेको उनको भनाइ थियो ।

सोट्टो नेपाल लुम्बिनीका निर्बतमान अध्यक्ष सन्जय गजुरेल प्रदेशका मुद्धा पनि सम्बोधन गर्न जरुरी आग्रह गरे ।

उनले टिकटमा लयाएको भ्याट खारेज गरेर इ भिसा जारी गर्न माग गरे । उनले भारतीय पर्यटकले बोक्न पाउने रकममा बृद्दि गनर्र पर्ने भन्दै चाइना र भारत सित हवाइ र सडक यातायात जरुरीले जोडनु पर्ने जनाए ।

अहिले नेपाल आउने हवाइ भाडा पनि चर्को रहेकोले घटाउनु पर्नेमा जोड दिए । सोट्टो नेपाल लुम्बिनीका अध्यक्ष श्रीजन गुप्ताले पर्यटकको भिषा अवधि कम भएको भन्दै बढाउन माग गरे ।

उनले लम्बिनी र अयोध्या जोडेर प्याकेज बनाउन सकेमा भातीय पर्यटकको संख्यामा बृद्दि हुने बताए ।

महासचिब दिनेश बस्नेतले महासचिबको प्रतिबेदन प्रस्तृत गर्दै टिकटमा लगाएको भ्याट हटाउनका लागि पहल भइरहेको जानकारी गराए ।

महासचिब बस्नेतले भ्याटले सबै ब्याबसायी मर्कामा परेको भन्दै पुनर बिचार गर्न रिकारको ध्यानाकर्षण गराए ।

लुम्बिनी र पोखरा बिमानस्थल सञ्चालनमा आउन नसक्दा राज्लाई ठूलो आर्थिक भार परेकोले तत्काल सञ्चालन हुनु सके त्रिभुवन बिमानस्थलको चाप घट्ने महासचिब बस्नेतले बताए ।

उनले त्रिभृवन बिमानस्थलको एयर चाप कम गर्दै बौद्दमार्गी पर्यटकहरु भगवान बुद्दको जन्मस्थल लम्बिनी र सुन्दर तालहरुको नगरी पोखरामा सिधा उडानमार्फत जोडन सके पर्यटकबाट प्रत्यक्ष लाभ लिन सकिने प्रतिबेदनमा उल्लेख गरेका छन् ।

सोट्टो नेपाल प्रादेसशक संरचनामा गएकोले नयाँ पर्यटकीय स्थानको छनौटमा प्रदेशलाई पनि समेटने जनाए ।

पर्यटनका गतिबिधि बढाउन संस्थाले आगामी दिनमा खेलकुदका कार्यक्रम सहित नेपाल टेलिभिजनमा पर्यटन सम्बन्धि कार्यक्रम चलाउने जानकारी गराए ।

आगामी कार्यक्रममा सदस्यता बिस्तार गर्दै संस्थालाई अझ बलियो र संगठित बनाउने महासचिवको प्रतिबेदनमा उल्लेख छ । साधारणसभामा कमलबहादुर मगरले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

साधारणसभा कै अबसर पारेर मधेश प्रदेश अध्यक्ष बीरेन्द्र शाह, लुम्बिनी अध्यक्ष श्रीजन गुप्ता, पर्यटन बोर्डका पूर्वबोर्ड सदस्य धनेन्द्र श्रेष्ठ, माउण्टेन एसोसिएसनका अध्यक्ष ठाकुरराज पाण्डे, टूर गाईड एसोसिएसनका अध्यक्ष धानेश्वर देृवकोटा र संस्थाका कानूनी सल्लाहकार सरस्वती श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।

साधारणसभाको समापन पछि पारिवारिक बनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

Page Views: 18
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama