Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तराई–मधेशमा छठ पर्वको रौनकः आस्था, निष्ठा र उत्साहको संगम

- shuvadmin / आइतबार, कार्तिक १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पश्चिम नवलपरासी, यतिबेला तराई–मधेश क्षेत्रमा आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ ।

सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व अहिले तराईको भू-गोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ ।

तयारीको चटारो र बजारमा चहलपहल

कात्तिक शुक्ल चतुर्थी (नहाय–खाय) बाट विधिवत् रूपमा शुरु चार दिने यस पर्वका लागि तराई–मधेशका नदी, पोखरी र जलाशयहरूलाई नवदुलहीझैँ श्रृङ्गार्ने कार्य जारी छ ।

स्थानीय नदि, तलाउ, खोला लगायतका प्रमुख छठ स्थलहरूमा भव्य सजावट भइरहेको छ ।

स्थानीय युवा क्लब तथा समुदायहरू सरसफाइ, घाट निर्माण, र रंगीन बत्ती तथा ध्वजापताकाले छठ घाटहरू सजाउन व्यस्त छन् ।

बजारमा पनि छठ पर्वको आवश्यक सामग्री, जस्तै बाँसका डाला, नाङ्लो, माटोका भाँडाकुँडा, उखु, नरिवल, ठेकुवा र भुसुवा (कसार) बनाउन प्रयोग हुने शुद्ध अन्नको किनमेल गर्नेहरूको घुइँचो लागेको छ ।

आस्था र निष्ठाको पर्व

छठ पर्वलाई पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा गर्नका लागि सूर्यको उपासना गरिने पर्वका रूपमा लिइन्छ ।

पहिलो दिन व्रतालुहरू (मुख्यतः महिलाहरू) ले कठिन निर्जल व्रतको सङ्कल्प गर्छन्, जसलाई “नहाय–खाय“ भनिन्छ ।

दोस्रो दिन “खरना’’ मा दिनभर उपवास बसी राति खीर, पुरी लगायतका चोखो परिकार ग्रहण गरेपछि ३६ घण्टाको कठोर निर्जल व्रत शुरु हुन्छ ।

पर्वको मुख्य दिन दिन व्रतालुहरूले ठकुवा, भुसुवा, फलफूल र अन्य मिष्ठान्नले भरिएका ‘कोशी’ (पूजा सामग्रीको डालो) लिएर जलाशय किनारमा पुग्छन् र अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

रातभर घाटमै जाग्राम बसेर छठी माताको आराधना गरिन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ ।

सामाजिक सद्भावको प्रतीक

छठ पर्वलाई धार्मिक सद्भाव र सामूहिक भावनाको प्रतीक पनि मानिन्छ । यो पर्वमा जात, धर्म र क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा भेला भई सूर्यदेवको उपासना गर्छन् ।

स्थानीय प्रशासनले छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन छठ घाटहरूमा सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ ।

तराई–मधेशको यो महापर्वले अहिले सम्पूर्ण देशलाई एक किसिमको पवित्रता, उत्साह र सामाजिक सद्भावको सन्देश दिइरहेको छ ।

Page Views: 35
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
आज नेपाल र यूएई भिड्दै
ताजा अपडेट
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama