Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकाविरुद्ध नेपालले पायो २६३ रनको लक्ष्य

- shuvadmin / आइतबार, कार्तिक १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पाएको छ।

यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको योगफल तयार पारेको हो।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए। उनले १ सय बलमा ९ चौका सहयोगमा ७५ रन बनाउँदा रन आउट हुन पुगे।

साइतेजा मुक्कमल्लाले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट हुन पुगे। मिलिन्ड कुमार ७० रनमा अविजित रहे। आन्द्रेस घोषले ११, कप्तान मोनान्क पटेलले १० रन थपे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट झारे। सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

Page Views: 123
संबन्धित शिर्षकहरु
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
ताजा अपडेट
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama