Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सावित्राको दुई गोलमा नेपालले भारतलाई हरायो

- shuvadmin / मङ्गलबार, कार्तिक १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालले त्रिदेशीय महिला फुटबल प्रतियोगितामा भारतलाई पराजित गर्दै दोस्रो भएको छ।

स्ट्राइकर सावित्रा भण्डारीले दुई गोल गर्दा नेपालले भारतलाई २-१ ले पराजित गर्दै पहिलो जीत निकाल्यो।

प्रतियोगिताको उपाधि भने इरानले जित्न सफल भयो। इरानले नेपाल र भारतलाई पराजित गरेको थियो।

शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार बेलुका सम्पन्न खेलमा घरेलु टोली भारतमाथि पहिलो र दोस्रो हाफमा नेपालले १/१ गोल गर्‍यो।

भारतले खेलको अन्त्यतिर एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त भएन। प्रतियोगितामा इरानले भारतलाई २-० र नेपाललाई ३-० ले पराजित गरेको थियो।

प्रतियोगिता जितसहित अन्त्य गर्ने क्रममा नेपालले सुरुवातबाटै भारतलाई दबाबमा राख्यो।

खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई शुरुवाती अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रसमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।

नेपालले दोस्रो हाफमा पनि अर्को एक गोल थप्यो। यसपल्ट पनि साम्बा उत्कृष्ट गोल गरिन्।

६३औं मिनेटमा नेपालले पाएको फ्रिकिकको मौकामा उनले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।

खेलको ८१औँ मिनेटमा करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्माला देवीबाट फ्रिककमा आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला विकसामु पुगेको थियो।

तर, उनले रोक्न नसक्दा वैकल्पिक खेलाडी करिश्माले गोल गर्दै भारतलाई गोलविहीन अवस्थाबाट बचाएकी थिइन्।

तर, हार टार्न भने उनको गोल पर्याप्त भएन।

Page Views: 83
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक
  • पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
  • छोराको हत्याको खबरले आमा पनि वितिन
  • नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama