Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मनाङमा हिमपात, २ सय भन्दा बढी विदेशी पर्यटकसहित करिब १५ सय जनाको सफल उद्धार

- shuvadmin / बुधबार, कार्तिक १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मनाङ, मनाङ जिल्लाको उपल्लो भेगमा भारी हिमपातका कारण बिभिन्न स्थानमा फसेका करिब १ हजार ५ सय नागरिक र २ सय भन्दा बढी विदेशी पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको छ।

गत कात्तिक १० गते देखि मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकाहरूमा भएको भारी हिमपातका कारण उनीहरू बिच बाटोमै अलपत्र परेका थिए।

उद्धारमा जुट्यो संयुक्त टोली

उद्धार कार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको विशेष टोलीले नेतृत्व गरेको थियो।

सेनाको टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयहरूको सक्रिय सहकार्यमा ठूलो संख्यामा नागरिकहरूको जीवन रक्षा गर्न सहयोग गरेको हो।

नेपाली सेनाको नयाँ भैरवीदल गुल्मका अधिकारीहरूले प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले उच्च जोखिम मोलेर पर्यटक तथा स्थानीयलाई सुरक्षित गन्तव्यतर्फ डोऱ्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

स्थानीय प्रशासनले सबैको समन्वित प्रयासबाट उद्धार कार्य सफल भएको र सुरक्षित स्थानमा पुगेका नागरिकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

Page Views: 58
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama