Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमालेबाट विद्रोह गर्नुको कुनै औचित्य थिएन भन्नु केपी ओलीकासामु लमपसार पर्नु हो : अध्यक्ष नेपाल

- shuvadmin / बुधबार, कार्तिक १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेबाट विद्रोह गर्नुको कुनै औचित्य थिएन भन्नु केपी ओलीकासामुख लमपसार पर्नु रहेको बताएका छन्।

बुधबारदेखि मिराकल भेन्युमा सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कसैको नाम नलिइन पार्टीकै वरीष्ठ नेता झलनाथ खानाललक्षित टिप्पणी गर्दै नेपालले पार्टीले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टी भएको विषय पारित गरेको र अझै पनि कुनै अर्थ थिएन भन्नु भनेको आत्मसमर्पण रहेको बताए।

‘विद्रोहको कुनै औचित्य थिएन। नयाँ पार्टी खोल्नुको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीकासामु लमपसार पर्ने हो। आत्मसमर्पण गर्नेबाहेक केही हुन सक्दैन’, उनले भने।

पछिल्ला घटनाक्रमले नेकपा एमालेबाट नेकपा एकीकृत साजवादी पार्टी बनाउनुको औचित्य पुष्टि हुँदै गएको पनि बताएका थिए।

नेकपा एसको केन्द्रीय कमिटीको बैठक कात्तिक १४ गतेसम्म चल्नेछ।

Page Views: 76
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama