Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुवईमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ।

अमेरिकाले नेपालमाथि ४ विकेटको जीत निकाल्दै लगातार दोस्रो जीत आत्मसात् गर्‍यो। नेपालको यो जारी सिरिजमा लगातार तेस्रो हार हो।

लगातारको हारसँगै नेपालमाथि झनै दबाब बढेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बल बाँकी हुँदा आफ्ना सम्पूर्ण विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो।

जवाफमा अमेरिकाले २ सय ७२ रनको लक्ष्य ६ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाका लागि साइतेजा मुकमल्लाले ७५ रन बनाउँदा मिलन्ड कुमारले ७० रन बनाएका थिए।

त्यस्तै शायन जहांगरले ३६ रन बनाउँदा स्मित पटेलले १६ रन बनाए। उसका लागि पछिल्लो क्रममा आएका शुभंम रनजनीले १९ रन बनाउँदा सन्जय कृष्णमुर्तीले १५ रनको अविजित इनिङ खेले।

उनलाई हर्मित सिंहले १३ रनमा अविजित साथ दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ७५ रन बनाउनु सर्वाधिक रह्यो।

उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले ६५ बलमा ४७ रन बनाउँदा समान २ चौका र २ छक्का प्रहार गरे।

उनीबाहेक भीम सार्कीले ४३ रन बनाएका थिए। त्यस्तै कप्तान रोहित पौडेलले ३६ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा करण केसीले ४९ रन बनाए।

अमेरिकाका लागि हर्मित सिंहले ३ विकेट लिंदा शौरव नेत्रभास्कर र नोस्थुस केन्जीङ्गले २–२ विकेट लिए।

त्यस्तै जसदीप सिंह र शुभंम रञ्जनीले १–१ विकेट लिए। शीर्ष क्रममा सार्की र भुर्तेलबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो।

त्यस्तै पाँचौ विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ८९ रनको साझेदारी गरेका थिए।

प्रतियोगितामा नेपाल लगातार दुई खेलमा पराजित भएकाले आजको खेलमा जीत निकाल्नुपर्ने चुनौती रहेको थियो ।

नेपालले अमेरिकासँग पहिलो खेलमा १ सय ६ रनको हार बेहोर्दा दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो।

८ टोलीको सहभागिता रहेको लिग टु को अंक तालिकाको अमेरिका शीर्ष स्थानमा रहँदा नेपाल सातौं र युएई पुछारमा छ।

Page Views: 39
संबन्धित शिर्षकहरु
आज नेपाल र यूएई भिड्दै
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama