Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसला आउने सम्भावना

- shuvadmin / बुधबार, जेठ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ ।

मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

सन्दीपको तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटालगायतले बहस गरे ।

आज पनि सो बहसले निरन्तरता पाउनेछ । अदालतले आजै फैसला दिनसक्ने सम्भावना उच्च छ ।

बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा ८ वर्ष जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

गौशाला २६ ले पनि लामिछानेलाई कम सजाय भएको भन्दै बढी सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेकी छन् ।

दुवै पक्षको मुद्दाको एकसाथ सुनुवाइ भइरहेको छ ।

Page Views: 98
संबन्धित शिर्षकहरु
स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
आजबाट अग्रिम टिकट बुकिङ खुला
पाेखरामा स्कुल बस दुर्घटना
ताजा अपडेट
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना
  • बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama