Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विनवार्ड्सविरुद्ध नेपालको सहज जीत, दीपेन्द्र र सोमपालको उत्कृष्ट फिनिसिङ

- shuvadmin / बुधबार, जेठ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, आसन्न टी–२० विश्वकपको तयारीका लागि क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जीत निकालेको छ ।

नेपालले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजविरुद्ध ४ विकेटको जीत निकालेको हो ।

गएराति सम्पन्न खेलमा विनवार्ड्सले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले ७०, दीपेन्द्र सिंह ऐरीले अविजित ५२ र सोमपाल कामीले ३२ रन बनाए । बाँकी ब्याटरले भने ठूलो पारी खेल्न सकेनन् ।

नेपाललाई जीतका लागि अन्तिम दुई ओभरमा ३८ रन आवश्यक थियो । १९औँ ओभरमा दीपेन्द्रले चार छक्का प्रहार गर्दै यस ओभरमा २६ रन जोड्दै नेपाललाई जीत नजिक पुर्याए ।

अन्तिम ओभरमा सोमपालले एक छक्का र एक चौकाका साथै दुई रन जोड्दै नेपाललाई ४ विकेटको जीत दिलाए ।

यस्तै, यस खेलमा कुशल भुर्तेलले ७० रनको पारी खेले। नेपालले अब विनवार्ड्ससँग दोस्रो टी–२० बिहीबार खेल्नेछ।

यो सिरिज खेलेपछि नेपाली टिम २१ मेमा अमेरिका फर्किनेछ । विश्वकपमा नेपालले पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ ।

Page Views: 85
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता
  • देउवाको अपिल : ‘युवा पुस्ताको आवाज सुनेको छु, परिवर्तन आत्मसात् गरेर अघि बढौँ’
  • तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
  • पाँच महिनापछि काठमाडौं फर्किए देउवा, स्वागतमा विमानस्थल पुगे कांग्रेस नेता–कार्यकर्ता
  • दसैँ-तिहारमा पेट्रोलियम पदार्थको अभाव नहुने
  • लागू औषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ
  • शेरबहादुर देउवा स्वदेश फर्किंदै
  • पहिरोमा परि दुईको मृत्यु, दुई जना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama