Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रसाईको नेतृत्वमा मंसिर ७ को देशव्यापी शान्तिपूर्ण आन्दोलन र नागरिक समर्थन

- shuvadmin / मङ्गलबार, कार्तिक १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालको वर्तमान राजनीतिक अवस्था अस्थिरता, भ्रष्टाचार, विदेशी प्रभाव र मूल्यहीनताको दलदलमा फसेको छ।

जनता निराश छन्, युवाहरू वैदेशिक रोजगारीतिर धकेलिएका छन् र देशको स्वाभिमान क्षीण हुँदै गएको अनुभूति सबैले गरिरहेका छन्।

यस्तै चुनौतीपूर्ण समयमा दुर्गा प्रसाईको नेतृत्वमा मंसिर ७ गते हुने देशव्यापी शान्तिपूर्ण आन्दोलन एक नयाँ आशाको किरणका रूपमा उदाइरहेको कुरा सो अभियानका केन्द्रिय प्रवक्ता माधब कल्पित ले जानकारी दिए छ ।

दुर्गा प्रसाई विगत केही वर्षदेखि निरन्तर राष्ट्र, धर्म र नागरिक अधिकारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता हुन्।

उनले दलगत सीमाभन्दा माथि उठेर देश र जनताको भविष्यका लागि सत्य बोल्ने साहस देखाएका छन्।

उनका विचारहरूको केन्द्रमा “सत्य, धर्म र राष्ट्र” भन्ने त्रिसूत्रीय दर्शन रहँदै आएको छ। प्रसाईले विश्वास गर्छन् ।

देश बाँच्न भनेको केवल राजनीतिक सत्ता परिवर्तन होइन, सोच, नीति र नैतिकताको पुनर्जागरण हो।

मंसिर ७ को आन्दोलन त्यसैको निरन्तरता हो। यो आन्दोलन दल वा व्यक्ति केन्द्रित नभई देश र जनचेतनाको आन्दोलन हो।

यसमा सहभागी जनताले कुनै तोडफोड, हिंसा वा द्वेषका माध्यमबाट होइन, शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि र सुधारको माग व्यक्त गर्नेछन्।

आन्दोलनका मुख्य एजेन्डा भ्रष्टाचारको अन्त्य, विदेशी हस्तक्षेपविरुद्धको आवाज, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, राष्ट्रवादी नीति र आत्मनिर्भर अर्थतन्त्रको विकास हुन्।

नागरिक समर्थन दिनप्रतिदिन बढ्दो छ। विद्यार्थी, शिक्षक, व्यवसायी, किसान, बुद्धिजीवीदेखि विदेशमा रहेका नेपालीहरू समेत यो आन्दोलनप्रति सकारात्मक भावना राखिरहेका छन्।

उनीहरूका अनुसार देशमा परिवर्तन ल्याउने शक्ति अब दलगत राजनीतिमा होइन, जनताको साझा आवाजमा निहित छ।

प्रसाईले बारम्बार भनेझैंद“देशलाई बदल्ने शक्ति जनतामै छ, जनताको समर्थन बिना कुनै पनि प्रणाली टिक्दैन।”

दुर्गा प्रसाईले आन्दोलनलाई धार्मिक, सांस्कृतिक र राष्ट्रिय मूल्यमा आधारित बनाउन खोजेका छन्।

उनी विश्वास गर्छन् धर्म भनेको केवल पूजा वा अनुष्ठान होइन, सत्य, नैतिकता र आचरणको प्रतीक हो।

त्यसैले यो आन्दोलन केवल राजनीतिक होइन, आध्यात्मिक पुनर्जागरण को पनि प्रारम्भ हो।

अन्ततः, मंसिर ७ को देशव्यापी शान्तिपूर्ण आन्दोलन दुर्गा प्रसाईको नेतृत्वमा जागेको नागरिक चेतना र राष्ट्रिय एकताको प्रतीक हो।

यो आन्दोलनले हिंसा होइन, विचार, नैतिकता र परिवर्तनको बाटो देखाउने अपेक्षा गरिएको छ।

यदि यो जनचेतनाको लहरलाई नागरिकले निरन्तरता दिए भने नेपाल फेरि पनि धर्म, सत्य र स्वाभिमानमा आधारित समृद्ध राष्ट्रको दिशामा अघि बढ्ने कुरा प्रवक्ता कल्पितले व्यक्त गरेका छन् ।

https://web.whatsapp.com
Page Views: 180
संबन्धित शिर्षकहरु
जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
संकटअघि नेतृत्व कि संकटपछि प्रतिक्रिया?
‘एक्सक्युज दियौँ, अवसर खोसियो’
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama