Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुशीला कार्की नेतृत्वको सरकार‘कठपुतली’ : वैज्ञानिक समाजवादी पार्टी

- shuvadmin / मङ्गलबार, कार्तिक १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वैज्ञानिक समाजवादी पार्टीको तीन दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले नौ वटा निर्णय गरेको छ।

१२ देखि १५ कात्तिकसम्म चलेको बैठकले अहिलेको राजनीतिक परिवेशको पनि छलफल गरी सुशीला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली’ भनेको छ।

‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन। बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो। तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ’, बैठकको ठहर छ।

यस्ता छन् निर्णयहरु

१. बैठकले केही समयअघि बित्नु भएका पार्टीको प्रबुद्ध समिति संयोजक तथा नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता क।नन्दन अर्यालको गहिरो स्मरण ग¥यो । त्यसैगरी हालसालै भएको ‘जेनजी विद्रोह’ र आजसम्म भएका सम्पूर्ण न्यायपुर्ण आन्दोलनका सहिदहरुलाई स्मरण गर्दै बैठक प्रारम्भ भएको थियोे ।

२. ‘जेनजी विद्रोह’पछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना छैन ।

‘जेनजी विद्रोह’ले धुलिसात पारिसकेको दलाल संसदीय पुँजीवाद र फगत संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा मात्रै देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील र जेनजीहरूले अपिल र पहलकदमी लिनुपर्ने निर्णय गरेको छ।

३. दलाल संसदीय व्यवस्थाको खास विकल्पका रूपमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी शासकीय स्वरूप, संरचना, मोडेल र खाकाको प्रस्ताव तय गरेको छ । बैठकले तय गरेको वैज्ञानिक समाजवादी कार्यक्रमको प्रस्तावलाई तत्काल देशव्यापी बहसमा लैजाने निर्णय गरेको छ ।

४. पार्टीले आत्मनिर्भर उत्पादन प्रणालीसहित वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिसहित नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलनको नवीन कार्यदिशा तय गरेको विदितै छ ।

केही समययता भइरहेको क्रियान्वयनको समीक्षा गर्दै आजसम्मको अनुभवलाई ज्ञानको रूपमा संश्लेषण गर्दै बैठकले ठोस परियोजनासहित समानान्तर अर्थतन्त्रको मार्गचित्रमा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको छ ।

५. पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले ‘जनवादी केन्द्रीयता’को संगठनात्मक सिद्धान्तले आजको युगको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन नसक्ने संश्लेषण गरेको थियो । त्यसको सट्टामा ‘सामुदायिक सार्वभौमिकता’को नयाँ संगठनात्मक सिद्धान्तको संश्लेषण पनि गरेको थियो । बैठकले ‘सामुदायिक सार्वभौमिकता’को नयाँ संगठनात्मक सिद्धान्तलाई अवलम्बन र क्रियान्वयन प्रारम्भ गर्ने निर्णय गरेको छ ।

६. ‘जेनजी विद्रोह’पछि वामपन्थी पार्टीहरूमा देखिएको विघटन, भागदौड र हायलकायलको अवस्था वास्तवमा पुरानो कम्युनिस्ट आन्दोलनमा रहेको वैचारिक सङ्कटको परिणाम हो ।

जुन कुरा हाम्रो पार्टीले स्थापनाकालदेखि नै स्पष्ट पार्दै आएको छ । त्यसैले इतिहासमा असफल पार्टी, व्यक्ति र समूहहरूको गठजोडद्वारा नयाँ युगलाई हाँक्न सक्ने शक्तिको जन्म सम्भव छैन ।

अतः विभिन्न समूहहरूमा रहेका सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरूलाई नयाँ युगको क्रान्तिका निम्ति वैचारिक स्पष्टतासहित ध्रुवीकरणको नयाँ यात्राको सङ्कल्प लिएर अघि बढ्न बैठकले विशेष अपील गरेको छ ।

७. पार्टीले पुरानो कम्युनिस्ट आन्दोलनले निजी सम्पत्ति र स्वामित्वको विकल्पको रूपमा अघि बढाउँदै आएको ‘सर्वहाराकरण’को सट्टामा ‘कम्युनिस्टकरण’ र ‘सामुदायिकीकरण’को नीति तय गरेको थियो ।

बैठकले उक्त नीतिलाई पार्टीभित्र र समुदायमा लैजाने ठोस कार्यक्रम बनाएको छ । त्यसको निम्ति पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय पूर्णकालीन शिविर सदस्यहरूको निजी सम्पत्तिको कम्युनिस्टकरण र सामुदायिकीकरणको ठोस प्रक्रिया प्रारम्भ गरेको छ ।

८. सच्चा जेनजीहरूलाई ‘जेनजी विद्रोह’पछि वैदेशिक हस्तक्षेपहरूमार्फत भएका विभिन्न षड्यन्त्र र चलखेललाई चिन्दै ‘जेनजी विद्रोह’को मर्म र भावनालाई तार्किक निष्कर्षमा लैजान नेपाली समाजको रूपान्तरणको वैज्ञानिक विचार, संगठन र वैचारिक नेतृत्व निर्माणको प्रक्रियामा लामबद्ध हुन बैठकले विशेष अपील गरेको छ ।

९. सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो । तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ ।

Page Views: 84
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama