Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वकप लिग-२ : अन्तिम खेलमा पहिलो जीत हासिल गर्ने प्रयासमा नेपाल

- shuvadmin / बुधबार, कार्तिक २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ।

जारी सिरिजमा लगातार तीन खेल हारेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जीतको खोजीमा मैदान उत्रिँदै छ।

पहिलो खेलमा यूएईसँग पराजित नेपाल आज त्यसको बदला लिँदै महत्त्वपूर्ण २ अंक जोड्न चाहन्छ।

अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले हारेको थियो भने यूएईसँग ५ विकेटले पराजित भएको थियो।

यूएई भने नेपालविरुद्ध लगातार दोस्रो जीत हासिल गर्ने दाउमा छ।

अमेरिकासँगका दुई खेलमा हार भोगेको यूएई आज नेपाललाई दोस्रोपटक हराउँदै २ अंक थप्ने रणनीतिमा हुनेछ।

अमेरिकासँग यूएई पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ सय ४३ रनले हारेको थियो।

अंक तालिका

लिगमा २४ खेल खेलेको अमेरिका १८ जीत र ६ हारका साथ ३६ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा छ।

समान खेल खेलेको स्कटल्यान्ड १३ जीत र ७ हार तथा ४ खेलमा अंक बाँड्दै ३० अंकसहित दोस्रो स्थानमा छ।

समान २४ खेल खेलेको नेदरल्यान्ड्स १३ जीत, ९ हार र २ खेलमा अंक बाँडेर २८ अंकका साथ तेस्रो स्थानमा छ।

२० खेलमा ११ जीत, ७ हार र २ खेलमा अंक बाँडेको ओमान २४ अंकसहित चौथो स्थानमा छ।

लिगका २४ खेलमा ९ जीत, १२ हार र ३ खेलमा अंक बाँडेको क्यानडा २१ अंकका साथ पाचौँ स्थानमा छ।

२४ खेलमध्ये ९ मा जीत, १४ मा हार र एक खेलमा अंक बाँडेको नामिबिया १९ अंकसहित छैटौँ स्थानमा छ।

लिगका १९ खेल खेलेको नेपाल ५ जीत, १२ हार र २ खेलमा अंक बाँड्दै १२ अंक बनाएर सातौँ स्थानमा छ।

त्यति नै खेल खेलेको यूएई ४ जीत र १५ हारसहित ८ अंक बटुलेर तालिकाको पुछारमा छ।

Page Views: 95
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama