Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जाँचबुझ आयोगको काममा असहयोग गरेको भन्दै आइजीपी खापुङसँग स्पष्टीकरण माग

- shuvadmin / बिहिबार, कार्तिक २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर खापुङसँग बुधबार स्पष्टीकरण सोधेको छ।

आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिएका छन्।

आइजिपीसँग २४ घन्टाभित्र जबाफ माग गरेको पनि शर्माले जानकारी दिए।

आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को-को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरेपनि प्रहरी मुख्यालयले विवरण दिन आनाकानी गरेको थियो। २२ दिनसम्म पत्र यत्तिकै थन्किएपछि आयोगले पत्र लेखेर फेरि विवरण माग गरेको हो।

यद्यपि त्यसपछि पनि प्रहरीले गोलमटोल जवाफ लेखेपछि आयोगले आइजिपी खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन भनेर पत्र काटेको थियो।

प्रधान कार्यालयले तैपनि जवाफ दिन आनाकानी गरेर उपत्यका प्रहरी कार्यालयतिर पन्छाएपछि आयोगले खापुङसँग स्पष्टीकरण सोधेको हो।

आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरिसकेको छ।

सोहीअनुसार प्रधान कार्यालयले पनि प्रहरी अधिकारीहरूलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको थियो।

Page Views: 47
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama