Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राहदानीको हाहाकार, भण्डार रित्तिँदै जाँदा एक तिहाइ कटौती

- shuvadmin / बिहिबार, कार्तिक २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, परराष्ट्र मन्त्रालय र राहदानी विभागले समयमा नै ध्यान पु¥याउन नसक्दा राहदानी वितरणमा समस्या देखिन थालेको छ ।

राहदानी भण्डार रित्तिँदै जान थालेपछि राहदानी नै हाहाकार हुने र त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने अवस्था सिर्जना भएको छ ।

राहदानी विभागले भण्डार रित्तिँदै गएपछि राहदानी वितरणमा एकतिहाइले कटौती गरेको छ ।

देशभरमा गरी दैनिक ५ देखि ६ हजारसम्म वितरण हुँदै आएको राहदानी मंगलवारदेखि मुस्किलले १५ सयदेखि २ हजार मात्रै वितरण हुन थालेको छ ।

विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशी नियोगबाट दिनमा ५–६ हजारप्रति राहदानी वितरण हुँदै आएकामा मंगलवारदेखि दुई हजार प्रतिभन्दा कम संख्यामा वितरण हुन थालेको छ ।

राहदानी पुस्तिकाको अभाव हुँदै गएपछि विभागले त्यसरी कटौती गरेको हो ।

जसका कारण सर्वसाधारणले राहदानी पाउन अब कैयौं दिन कुर्नुपर्ने भएको छ । विभागले निश्चित संख्यामा कोटा निर्धारण गर्न थालेको छ ।

विभागका अनुार विभागसँग अब १ लाख ७३ हजार प्रति राहदानीमात्रै मौज्दात छ ।

राहदानी खरिदका लागि विभागले नयाँ आपूर्तिकर्तासँग गत साउनमा गरेको सम्झौताअनुसार ११ फागुनबाट मात्र आपूर्ति हुने भएकाले फागुनसम्म सेवाग्राहीले समस्या भोग्नुपर्ने छ ।

विभागले अब अत्यावश्यक पर्नेहरूका हकमा मात्रै राहदानी दिन सक्ने अवस्था आएको बताएको छ ।

परराष्ट्र मन्त्रालय र राहदानी विभागले समयमा नै ध्यान नदिँदा राहदानी बाहकहरूले पनि ड्राइभिङ लाइसेन्सकै जस्तो पीडा भोग्न बाध्य हुने अवस्था आएको छ ।

लाइसेन्स पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ । यसरी नै राहदानी पाउन पनि महिनौं कुर्नुपर्ने अवस्था आएको छ ।

परराष्ट्र मन्त्रालयले विभिन्न विवादका बाबजुद राहदानी खरिदका लागि जर्मनी कम्पनी भेरिडासलाई राहदानी छपाइसम्बन्धी ६ अर्ब ११ करोडको मुख्य ठेक्का दिएको थियो भने जर्मनीकै अर्को कम्पनी म्युहलबाउर आइडी सर्भिसले १ अर्ब ५५ करोडको ठेक्का पाएको थियो ।

यसरी ठेक्का पाएका दुइटै कम्पनीले जेन–जी आन्दोलन र यसले सिर्जना गरेको अन्योलताका कारण आफ्नो कामलाई प्रभावकारी रूपमा अघि बढाउन नसक्दा उनीहरूले तोकिएको समयमा राहदानी ठेक्कासम्बन्धी काम सम्पन्न गर्न नसक्ने देखिएको र यसका कारण पनि राहदानीको हाहाकार भएको स्रोतले जानकारी दिएको छ ।

ती कम्पनीले फागुनअघि राहदानी उपलब्ध गराउन नसकिने बताएकाले पनि फागुनसम्म राहदानीको हाहाकार नै हुने देखिएको हो ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले इमरजेन्सीमा केही राहदानी खरिद गरेर ल्याएर भने पनि सेवाग्राहीलाई समयमा नै राहादानी उपलब्ध गराउने प्रयास गरिएको बताए ।

उनले राहदानीको अभाव नहुन विभिन्नखाले वैकल्पिक उपायहरूको खोजी गरिएको जानकारी दिए ।

Page Views: 23
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama