Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले आह्वान गरेको बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा चलेन यातायात

- shuvadmin / बुधबार, जेठ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ताप्लेजुङ, पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात ठप्प भएको छ ।

सो समूहले आह्वान गरेको दुई दिने बन्दका कारण बुधवार बिहानैदेखि यातायात सेवा ठप्प भएको हो ।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो ।

यता आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरिएकोभन्दै सङ्घर्षरत समूहले मङ्गलबार नै विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो ।

बन्दका कारण मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प भएका छन् ।

यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने स्थानीय यातायात सेवा पनि ठप्प भएको छ । यातायात सेवा ठप्प हुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा जाने यात्रु रोकिएका छन् ।

त्यस्तै तमोर कोरिडोर हुँदै ताप्लेजुङदेखि पाँचथर, धनकुटा चौबिसे, भेडेटार हुँदै धरान, इटहरीका लागि यात्रा गर्ने यात्रु पनि रोकिएका छन् ।

स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्ने कार्यअन्तर्गत परियोजनास्थलमा रुख कटान गर्न सुरु गरिएपछि सङ्घर्षरत समूह थप आन्दोलित बनेको हो ।

केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायत विभिन्न छ वटा समूहले संयुक्त विज्ञप्ति प्रकाशित गरी यातायात बन्दको आह्वान गरेका हुन् ।

पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिक स्थलमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू डकैत शैलीमा कटान गर्न थालिएकाले आफूहरू आन्दोलनमा उत्रनुपरेको सङ्घर्षरत पक्षले उल्लेख गरेका छन् ।

ऐतिहासिक स्थलको वन उजाड बनाउने गरी रुख कटान गर्ने व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केबलकार योजना रद्द गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

Page Views: 17
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama