Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सभामुखको भूमिका प्रति कांग्रेस रुष्ट, संसदीय समिति गठनको अडानबाट भएन टसमस

- shuvadmin / शुक्रबार, जेठ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद् बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखले बैठकपछि बोल्दै सहकारीको रकम अपचलनमा गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रूपमा राखिएको बताए ।

लेखकले भनेका छन्, ‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ ।

कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’

आजको बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए । ‘

प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । विपक्षी दल उभियो भने मात्रै पनि संसद् अवरोध मानिन्छ ।

वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ ।

संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’ कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

लेखकले भने सभामुखले सभामा तटस्थ हुन नसकेको बताएका छन् । ‘सम्माननीय सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निष्पक्षता कायम राख्न आग्रह गरेका छौँ ।’

संसदीय दलको बैठकले गरेका निर्णयहरू

१. लाखौँ नेपाली नागरिकले सहकारी संस्थामा बचत गरेको अरबौँ रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ ।

सहकारीका बचतकर्ताहरूले राखेको रकमको सुरक्षाको ग्यारेन्टी गर्न, बचत हिनामिना भई पीडित भएका बचतकर्ताहरूको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानबिन गरी कारबाही गर्ने सुनिश्चितताको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरूले उठाई रहेका छन् ।

यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद् बाहिर पनि गम्भीर रूपले उठिरहेको छ ।

संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ ।

नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।

२. नेपाल सरकार सहकारी ठगीबाट पीडित भएका नागरिक प्रति गैर जिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ ।

सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ ।


३. प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ ।

सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ ।

संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ ।

सभामुख सिङ्गो सदनको सभामुख हुनु पर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।

Page Views: 25
संबन्धित शिर्षकहरु
आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
ताजा अपडेट
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
  • श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
  • खारेज भए यी ट्रेड युनियन
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा
  • निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य
  • व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन
  • खाताको रकम चोरी हुन सक्छ सावधान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama