Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विकल्प पनि बनेनन् दुई अन्तर्राष्ट्रिय विमानस्थल

- shuvadmin / आइतबार, मङि्सर ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका जहाजले काठमाडौँको विकल्पमा देशभित्रकै दुई विमानस्थललाई प्रयोग गर्न नरुचाउँदा जहाज देशबाहिर डाइभर्ट हुने क्रम रोकिएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाजले वैकल्पिक विमानस्थलका रूपमा सबैभन्दा नजिकको विमानस्थललाई पहिलो प्राथमिकता दिनुपर्ने हो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने कुनै पनि हवाई कम्पनीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पका रूपमा प्रयोग नगर्दा आधा घण्टानजिकको विमानस्थलमा अवतरण हुन सक्ने जहाज एक घण्टा ४५ मिनेटको एकतर्फी उडान गरेर देशबाहिर डाइभर्ट हुँदै आएका छन् ।

काठमाडौँभन्दा अवतरण गर्न सहज र कम खर्चिलो मानिएको भैरहवा विमानस्थलमा उडान गर्दै आएका वायुसेवाले समेत आफ्नो प्राथमिकतामा नराखेपछि यी विमानस्थल आन्तरिक उडानमा मात्रै सीमित भएका छैनन् ।

सरकारले अन्तर्राष्ट्रिय हब बनाउने र काठमाडौँको विकल्प बनाउने गरी गरेका प्रयाससमेत असफल भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भैरहवामा हाल हप्तामा तीन अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् ।

त्यहाँ उडान गर्दै आएका जहाजसमेत भैरहवामा डाइभर्ट नभएर महँगो शुल्क तिरेर देशबाहिरका विमानस्थलमा अवतरण गर्छन् ।

भुलका अनुसार विदेशबाट आउने हरेक उडानले आफ्नो उडान तालिकामा प्रयोग गर्न सक्ने दुई वटा वैकल्पिक विमानस्थल उल्लेख गरेका हुन्छन् ।

काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेको जहाज भैरहवामा अवतरण हुन सक्ने अवस्था हुँदाहुँदै पनि हवाई कम्पनीले देशबाहिरकै विमानस्थललाई प्राथमिकता दिँदै आएका छन् ।

“चालक दलले जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा तत्काल आवश्यक पर्ने इन्धन, खाना, प्राविधिक सहयोग, ग्राउन्ड ह्यान्डलिङ, आपत्कालीन उपकरणलगायतका सेवालाई हेर्ने भएकाले नेपालभन्दा भारतलाई नै प्राथमिकता दिने गरेका छन्,” उनले भने, “यसलाई प्राधिकरणले नियन्त्रण गर्न सक्दैन ।”

गत कात्तिक २२ गते एक घण्टाभन्दा बढी समय काठमाडौँको आकाशमा फन्को लगाएर देशबाहिर डाइभर्ट भएका दर्जनौँ उडान र शुक्रबार काठमाडौँको आकाशमा १० मिनेट होल्ड गर्न नसकेर नेपाल वायुसेवा निगमको जहाज भारतको दिल्ली पुगेको घटनाले विदेशी वायुसेवा मात्रै नभएर हाम्रै राष्ट्रिय ध्वजावाहकले समेत देशभित्रकै विमानस्थल वैकल्पिक रोजाइमा पर्न नसकेको देखिन्छ ।

प्राधिकरणका अनुसार डाइभर्ट भएका र आपत्कालीन अवस्थाका उडानलाई सुरक्षित, सहज, सस्तो र अनुकूलका हिसाबले अवतरण गर्न गौतम बुद्ध विमानस्थल उपयुक्त विमानस्थल हो ।

त्यहाँ अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न सरकारले विसं २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शतप्रतिशत छुट प्रदान गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट दिएको छ ।

सरकारले विमानस्थल सञ्चालनमा आएदेखि नै छुट दिए पनि प्रविधिमा आधारित अवतरण प्रणाली नहुनु, भू-उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) प्रयोगमा नआउनु, २४ सै घण्टा एयर ट्राफिक कन्ट्रोल, भन्सार, अध्यागमन, प्रशस्त पार्किङ, क्वारेन्टाइन र यात्रु व्यवस्थापनलगायतका सेवामा हवाई कम्पनी विश्वस्त नहुँदा काठमाडौँमा वर्षा, हावाको गति र दृश्यापन कम हुँदा जहाज मुलुकबाहिर पुग्ने गरेका छन् ।

Page Views: 26
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama