Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौँपछि लुम्बिनीमा ४ अर्बको पाँचतारे होटल ल्याउँदै गोल्याण ग्रुप, ‘वेडिङ डेस्टिनेसन’ बनाइने

- shuvadmin / मङ्गलबार, मङि्सर ०३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पछिल्ला वर्षहरूमा ठूला व्यावसायिक समूहहरू होटल तथा हस्पिटालिटी उद्योगमा आक्रामक रूपमा प्रवेश गरिरहेका छन्।

त्यही क्रममा जलविद्युत्, उत्पादन, कृषि, बैंकिङ र व्यापारजस्ता क्षेत्रमा लगानी विस्तार गरिरहेको गोल्याण ग्रूपले पनि आतिथ्य व्यवसायमा आफ्नो उपस्थिति तीव्र रूपमा बढाइरहेको छ।

राजधानीको सोल्टिमोडमा पाँचतारे स्तरको ह्यात सेन्ट्रिक होटल सञ्चालन गरिरहेको ग्रूपले बुद्ध जन्मभूमि लुम्बिनीमा चार अर्ब रूपैयाँ लगानीमा वेद हस्पिटालिटमार्फत पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको हो।

होटल पूर्वाधार लुम्बिनीको मायादेवी गाँउपालिकामा बन्ने भएको छ। होटलका लागि आवश्यक जग्गा खरिदको काम सकिएको छ।

कम्पनीले सिभिल, आर्किटेक्चरल र ल्याण्डस्केपिङ कार्यहरूको लागि परामर्शदाता नियुक्त गरेको छ।

विचाराधीन रहेको वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा भएको छ। परियोजनाले नगरपालिका भवन निर्माण इजाजतपत्र पनि प्राप्त गरिसकेको छ।

थप रूपमा, मेकानिकल,विद्युतीय र प्लम्विङका साथै आन्तरिक डिजाइनहरू अन्तिम रूप दिइएको छ। विस्तृत योजनाबद्ध डिजाइन हाल तयारीमा छ।

होटल सन् २०२८ को जनवरीदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी छ।

होटलको व्यवस्थापन ह्यात इन्टरनेसनले साउथ वेस्ट एसिया लिमिटेड (एचएमए) ले हेर्ने भएको छ।

गोल्याण र ह्यातबीच होटल व्यवस्थापनको सम्झौता भएको छ। वेद हस्पिटालिटी ‘ह्यात रिजेन्सी’ ब्राण्डमा सञ्चालन हुने भएको छ। एचएमएको माउ कम्पनी ह्यात होटल्स कर्पोरेसन हो।

प्रस्तावित होटलमा १७७ कोठा हुनेछन्। पछि विस्तार गरेर २ सय कोठा बनाइने वेद हस्पिटालिटीले जनाएको छ।

होटलमा स्विमिङ पुल, कन्फरेन्स हल, ब्याँकेट,स्पा, फुड एन्ड बेभरेजलगायत सबै किसिमका अत्याधुनिक सेवाहरू हुने भएको छ।

पहिलो चरणमा २ सय अत्याधुनिक कोठाहरूका साथै रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो सञ्चालनमा ल्याउने योजना छ।

त्यसपछि थप पूर्वाधार तयार पारेर अन्य सुविधा थप्ने ग्रूपले जनाएको छ। होटल भैरहवा विमानस्थलबाट ८ किलोमिटर दूरीमा छ। होटल भारतको उत्तर प्रदेशको नौतुनवा रेल्वे स्टेशनबाट ३८ किलोमिटर दूरीमा छ।

बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै धार्मिक रूपमा परिचित छ। उत्तर प्रदेश र बिहारका छिमेकी भारतीय राज्यहरूमा कडा नियमहरू लगाएका छन्।

भारतीय सिमाना नजिकको गन्तव्य भएकाले होटल नेपालका लागि कर्पोरेट बैठक, क्यासिनो र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बन्ने देखिएको छ।

भैैरहवा क्यासिनोको लागि रुचाइएको स्थान हो। वेदलाई उच्चस्तरीय मनोरञ्जन र विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन) पाँचतारे होटलको रूपमा प्रवद्र्धन गर्ने योजना वेद हस्पिटालिटी प्रालिको छ।

गोल्याण होटल लिमिटेडले वेद हस्पिटालिटीको स्थापना सन् २०२२ को डिसेम्बरमा गरेको हो। होटल २ लाख ९१ हजार ७९१ स्क्वायर फिट क्षेत्रमा फैलिने छ।

कोरोना कालमा ग्रुपले सन् २०२१ नोभेम्बरदेखि राजधानीमा पाँचतारे स्तरको सिटी होटल सञ्चालनमा ल्याइसकेको छ।

होटलमा १५३ कोठाहरू रहेका छन्। सिटी होटल पनि ह्यातले व्यवस्थापन हेर्दै आएको छ। ह्यातको २० वटा प्रिमियर ब्राण्डका साथै ७६ मुलुकहरूमा १ हजार ३ सय होटल रहेका छन्।

राजधानीमा सञ्चालनमा रहेको ह्यात सेन्ट्रिक होटल पाँच अर्ब रूपैयाँ लगानीमा निर्माण भएको थियो। १४ तलाको होटलमा १५३ कोठा छन्।

Page Views: 42
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama