Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी शुरुवात

- shuvadmin / बुधबार, मङि्सर ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले एनपिएल इतिहासकै उच्च २ सय २१ रनको लक्ष्य पोखरासमक्ष दिएको थियो। उक्त लक्ष्य पछ्याएको पोखरा १८।५ ओभरमा १ सय ६७ रनमा समेटियो।

पोखराले राम्रो शुरुवात गरे पनि मध्य क्रम र पछिल्लो क्रम लगातार विकेट पतन हुँदा ७ बल अगाडि नै अलआउट हुन पुग्यो।

पोखराका लागि कुशल भुर्तेलको ५९ रन सर्वाधिक रह्यो। उनले ३१ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै, एडम रोसिङ्गटनले २१ बलमा ३९ रन बनाएका थिए। उनले भुर्तेलसँग दोस्रो विकेटका लागि ७६ रनको विष्फोटक साझेदारी गर्दै पेभिलियन फर्किए।

तर, रोसिङ्गटन आउट भएपछि क्रिजमा आएका जिम्मी निसम र त्रित राज दास तथा किरण ठगुन्नाको विकेट गुमाउन पुग्दा टोली दबाबमा परेको थियो।

उसका लागि थप दोहोरो स्कोरका रुपमा अभिषेक तावरीको ११ र डन डथह्वाइटको २९ रन रहेको थियो।

पोखरालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछाने, शुभम् रञ्जन, प्रतिश जिसी र मर्चेन्ट डि लङले २/२ विकेट लिए। त्यस्तै, बसिर अहमद र सूर्य तामाङको नाममा १/१ विकेट रहेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएको थियो।

विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बलमा १ चौका र ७ छक्काको सहयोगमा ७२ रन बनाउँदा मार्टिन गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६१ रनको विष्फोटक इनिङ्स खेलेका थिए।

यी दुईबीच दोस्रो विकेटका लागि १ सय ३२ रनको साझेदारी भएको थियो।

त्यस्तै, शुभम् रञ्जनले ३८ रन बनाउँदा बसिर अहमदले २३ रन बनाए। त्यस्तै, नारायन जोशी ११ रनमा नटआउट रहे।

पोखराका लागि म्याट टेलरले २ विकेट लिँदा सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेलले १/१ विकेट लिएका थिए।

Page Views: 73
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama