Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसद पुनःस्थापनाको माग लिएर अदालत जाने तयारीमा रहेको एमालेले निर्वाचनका लागि गर्यो दल दर्ता

- shuvadmin / बुधबार, मङि्सर ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेजनी आन्दोलनपछि भदौ २७ गते विघटन भएको प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर अदालत जाने निर्णय गरेको एमालेले चुनावी प्रयोजनका लागि दल दर्ता गरेको छ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावका लागि एमालेले बुधबार निर्वाचन आयोगमा माग लिन भन्दै निवेदन दिएको हो।

एमालेको मंगलबार मात्रै बसेको विघटिन प्रतिनिधिसभाको संसदीय दलको बैठकले संसद पुनःस्थापना गैरसंवैधानिक भएकाले सर्वोच्च अदालतमा त्यसविरुद्ध पार्टी औपचारिक रुपमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको थियो।

रिट निवेदन दर्ताका लागि एमालेले पूर्व प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मेवारी दिएको छ।

उनीहरुले कानून व्यवसायीहरुसँग परामर्श गरेर रिट निवेदन तयार गर्ने र आउँदो शुक्रबारसम्म दर्ता गर्ने तयारी गरिएको एमाले स्रोतले बतायो।

एमालेले गत शनिबार पालिका स्तरमा प्रर्दशन गरेको थियो। जसलाई धेरैले चुनावी तयारी भन्दै टिप्पणी गरेका छन्।

लगत्तै पार्टीका तर्फबाट चुनावी प्रयोजनका लागि निवेदन दिएको एमाले स्रोतले जानकारी दियो।

फागुन २१ गतेका लागि तोकिएको चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मको समय दिएको छ।

यसअघि नेपाली कम्युनिष्ट पार्टी, रास्वपासहितका दलहरुले चुनावमा माग लिन निवेदन दिइसकेका छन्।

Page Views: 85
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama