Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा विराटनगरको लगातार दोस्रो जीत, काठमान्डु ५ विकेटले पराजित

- shuvadmin / आइतबार, मङि्सर ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले लगातार दोस्रो खेलमा जीत हासिल गरेको छ।

शनिबार भएको दिनको दोस्रो खेलमा काठमान्डू गोर्खाजलाई ५ विकेटले हराउँदै विराटनगर किंग्सले लगातार दोस्रो जीत हात पारेको हो।

यसअघि पहिलो खेलमा काठमान्डूले पोखरा एभेन्जर्सलाई हराएको थियो।

टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो।

जवाफमा विराटनगरले १ सय ३५ रनको लक्ष्य १७ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।

विराटनगरका लागि जर्ज मुन्सीले ३६ रन बनाउँदा लोकेश बमले १४ रन बनाए। त्यस्तै, मार्टिन गुप्टिलले २५ रन बनाउँदा बसिर अहमदले १९ रनको इनिङ्स खेले।

त्यस्तै, नरेन भट्टाले २४ रन बनाएर पेभिलियन फर्किँदा सन्दीप लामिछाने ९ रनमा अविजित रहँदै टिमलाई जीत दिलाए।

काठमान्डूका लागि शाहब अलामले २ विकेट लिँदा करण केसी, जेर्हार्ड एरासमस र सन्तोष यादवले १/१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमान्डुले सामान्य स्कोर बनाएको थियो। उसका लागि बेन चार्लेसवर्थले ३२ रन बनाउँदा सन्तोष यादवले २६ रन बनाए।

त्यस्तै, मोहम्मद आदिल अलामले ४८ रनको अविजित इनिङ्स खेल्दा गेर्हार्ड एरासमसले १० रन बनाएका थिए।

काठमान्डूलाई सस्तैमा समेट्ने क्रममा मर्चेन्ट डि लङ्गले २ विकेट लिँदा शुभम रञ्जन, सूर्य तामाङ्ग र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए।

Page Views: 51
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama