Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

- shuvadmin / मङ्गलबार, मङि्सर १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तनहुँ, बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालू आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७ सय २५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको यस स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए ।

उनले भने, ‘यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् ।

सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् ।

चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।’

उनका अनुसार वैशाखमा तीन हजार २ सय ९७, जेठमा तीन हजार ३ सय ४२, असारमा दुई हजार ७ सय ६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८ सय ३२, असोजमा तीन हजार ७ सय ८६ र कात्तिकमा चार हजार ६ सय २७ जनाले भ्रमण गरेका छन् ।

त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७ सय ६० जनाले बन्दीपुर भ्रमण गरेका छन् ।

वैशाखमा एक हजार ८ सय ९८, जेठमा दुई हजार १ सय ३५, असारमा दुई हजार १ सय १५, साउनमा दुई हजार ४ सय ५१, भदौमा एक हजार ९ सय ८२, असोजमा पाँच हजार १ सय २१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् ।

कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ ।

विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९ सय ३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ ।

बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

‘यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्,’ उनले भने ।

Page Views: 93
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama