Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जीत, लुम्बिनीको तेस्रो हार

- shuvadmin / बिहिबार, मङि्सर १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जीत हात पारेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

लगातार चार जीतपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ ।

सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ ।

उता पहिलो खेलमै जीत हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो हार हो ।

४ खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ सम्भावना भने झिनो बनेको छ ।

सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजति ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्का मदतमा ३९ रन बनाए ।

क्रिकेट लिनले १९ रन योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक/एक विकेट लिए ।

Page Views: 61
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama