Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

घरजग्गा व्यवसायी इजाजत लिन नआएपछि भूमि व्यवस्था विभागले दियो १५ दिन समय

- shuvadmin / शनिबार, मङि्सर १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, घरजग्गा कारोबार गर्ने व्यवसायी इजाजत लिन नआएपछि सरकारले १५ दिन म्याद थप गरेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना प्रकाशित गरी यही मंसिर २७ गतेसम्म घरजग्गा कारोबार इजाजत दिन समय दिएको छ।

यसअघि मंसिर १२ (शुक्रबार) सम्म संस्था दर्ता गर्न विभागले समय दिएको थियो। यसबीचमा घरजग्गा व्यवसायीले इजाजत लिन नआएपछि पुनः म्याद थप गरेको विभागले जनाएको छ।

प्राकृतिक र कानूनी व्यक्ति वा कानूनी र कानूनी व्यक्तिहरुबीच घर जग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनु पर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम गत असोज २७ मा प्रकाशित नेपाल राजपत्रको सूचना नम्बर २ अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको छ।

घरजग्गा कारोबार कम्पनीमार्फत गर्ने सरकारको तयारी, विभागले माग्यो आवेदन

एक पटकमा तीन करोड रुपैंया भन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र लिन इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइन निवेदन पेश गर्न कात्तिक १३ मा सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।

विभागको सूचनाअनुसार एकपटकमा पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।

सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो।

राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो।

पछिल्लो समय असंगठित रुपमा दलालमार्फत घरजग्गा कारोबार हुँदा समस्या आएको निश्कर्षका आधारमा सरकारले कम्पनीमार्फत गर्न लागेको हो।

चालू आर्थिक वर्षको बजेटमा सरकारले कम्पनीमार्फत घरजग्गा कारोबार गर्ने व्यवस्था गरेको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघले असंगठित रुपमा भएको घरजग्गा कारोबारबाट राज्यले वार्षिक ५० अर्ब रुपैयाा राजस्व गुमाउँदै आएको जनाएको छ।

महासंघले कम्पनीमार्फत कारोबार गर्नुपर्नेमा जोड दिँदै आएको छ।

Page Views: 85
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama