Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसमा महाधिवेशनको सकस, देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

- shuvadmin / आइतबार, मङि्सर १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न बैठक आह्वान गरेका छन्।

उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशनको मिति तय गर्न पहल गरेपनि सहमति जुट्न नसकेपछि देउवाले आफैँ बैठक बोलाएका हुन्।

यसअघि सहमति नबन्दा पार्टीका बैठकहरू पटक पटक स्थगित हुँदै आएका थिए।

यो महत्वपूर्ण बैठक आज दिउँसो १ बजे महाराजगन्जस्थित देउवाको निवासमा बस्नेछ।

बैठकमा मुख्य रूपमा आसन्न महाधिवेशनको मिति निर्धारण गर्ने तथा अन्य समसामयिक विषयमा छलफल हुनेछ।

बैठकमा नेता डा. शेखर कोइराला र निवर्तमान गृहमन्त्री रमेश लेखक पनि सहभागी हुने कार्यक्रम छ।

सभापति देउवाको प्रत्यक्ष पहलपछि अब महाधिवेशनको मितिबारे टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।

पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी सबैको सहमतिमा महाधिवेशनको कार्यतालिका तय गर्ने उद्देश्यका साथ यो बैठक आयोजना गरिएको हो।

Page Views: 101
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
ताजा अपडेट
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
  • बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • संघीय संसद् अन्तर्गत दुवै सदनकाे बैठक बस्दै
  • मुस्ताङमा भूकम्पकाे धक्का
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama