Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसबाट तीन पटक चुनाव जितेका केसी अब उम्मेदवार नबन्ने, प्रकाशमानलाई आचार्यको चुनौती

- shuvadmin / बिहिबार, मङि्सर २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसबाट लगातार निर्वाचन जित्दै आएका सिंहको सो क्षेत्रमा यो पटक आचार्यको पनि नाम सिफारिस भएको हो ।

आचार्यले आफूलाई ‘जेनजीलाई पनि मिलाएर लाने र विकासप्रेमी युवा नेता’का रूपमा प्रस्तुत गर्दै प्रत्यक्षको टिकटमा दाबेदारी गरेका हुन् ।

कांग्रेस क्षेत्र नं।१ का सभापति रवीन्द्रविक्रम राणाका अनुसार प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि नाम सिफारिस गरिएको छ ।

उता, काठमाडौंको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी भने अब चुनाव नलड्ने भएका छन् ।

प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभामा अब चुनाव नलड्ने उनले बताएका छन् । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भन्दै उनी चुनाव नलड्ने मनस्थितिमा पुगेका हुन् ।

पार्टीका पक्षमा मताधार र संगठन कमजोर रहेका बेला आफू पटक–पटक निर्वाचन लडेर जितेको बताएका उनले अब काठमाडौं १० मा पार्टीको मताधार र संगठन दुवै राम्रो भइसकेकोले जो उठे पनि सहज हुने पनि बताएका छन् ।

Page Views: 108
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama