Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दोस्रो नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम लगातार दोस्रो फाइनलमा पराजित

- shuvadmin / आइतबार, मङि्सर २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको छ ।

जितका लागि पाएको मात्र ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर प्राप्त गरेको हो । योसँगै लुम्बिनी एनपीएलको नयाँ विजेता बन्यो ।

पहिलो संस्करणको उपाधि भने जनकपुर बोल्ट्सले जितेको थियो ।

त्रिवि रंगशालामा शनिबार पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १९.१ ओभरमा ८५ रन जोडेको थियो ।

लुम्बिनीले जवाफीमा सानदार ब्याटिङ ग¥यो । जसमा, ओपनर दिनेश अधिकारीले पहिलो ओभर गर्न आएका सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीको बलिङमै चार छक्का प्रहार गरे ।

पछिल्ला खेलमा जम्न नसकेका दिनेशले फाइनलमा लय समात्दै १३ बलमै ४२ रनको योगदान दिए ।

दिनेश ५९ स्कोरमा हेमन्त धामीको बलमा आउट हुनुभएको थियो । यसपछि कप्तान रोहितले १६ रन बनाएर आउटभए ।

निकोलास डिकवेल्लाले १४ रनमा नटआउट रहे । पहिलो विकेटका रुपमा सर्ट १४ रन बनाएर आउट भए ।

यसअघि सुुदूरपश्चिमले पहिलो ओभरमै विनोद भण्डारीको महत्वपूर्ण विकेट गुमाएदेखि नै दबाब खेप्नुपरेको थियो ।

विनोदलाई लुम्बिनीका बलर रुबेन ट्रम्पलमेनले आउट गरे । दुई अर्धशतक प्रहार गरेर सुदूरको मुख्य रनकर्ता बन्नुभएको विनोद फाइनलमा शून्यमै आउट भए ।

यसपछि लुम्बिनी कप्तान रोहितले ११औं ओभरमा सुदूरलाई ठूलो झट्का दिए ।

उनले ह्याट्रिक गर्दा सुदूरको उपाधि उचाल्ने सपना फेरि एकपटक चकनाचुर बन्ने निश्चित भएको थियो ।

गत संस्करणमा सुदूर फाइनलमा जनकपुरसँग हारेको पीडा थियो । तर, यसपटक पनि ब्याटिङ राम्रो हुन नसक्दा उहाँहरूका लागि पीडामाथि पीडा थपियो ।
रोहितले सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी १३ रन, दीपक बोहरा ० र पुनीत मेहरा ० लाई लगातार बलमा आउट गरेर ह्याट्रिक गरे ।

उनीहरुले एकै ओभरमा तीन विकेट लिनुभएपछि सुदूर ४४/३ बाट ४४/६ को कमजोर स्थितिमा पुग्यो ।

यसपछि बाँकी ओभरमा मात्र ४१ रन जोड्न सकेको थियो ।

Page Views: 55
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama