Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आयव्यय लुकाउने दलहरूलाई चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगले दियो अन्तिम मौका

- shuvadmin / बुधबार, पुष ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राजनीतिक दलसम्बन्धी ऐनको धज्जी उडाउँदै लगातार तीन वर्षसम्म आफ्नो आर्थिक लेखा परीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) नबुझाउने सात वटा राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, ऐनको पालना नगर्ने सात दलमध्ये पाँच वटाले विगत तीन वर्षदेखि र दुई वटा दलले लगातार चार वर्षदेखि आफ्नो आयव्ययको विवरण बुझाएका छैनन् ।

आयोगले यी दलहरूलाई ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ ।

स्पष्टीकरण सोधिएका दलहरूमा पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), शिव सेना नेपाल र नेपाल समाजवादी पार्टी रहेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद–८ अनुसार प्रत्येक दलले आफ्नो आय र व्ययको पारदर्शी हिसाब राख्नु अनिवार्य छ ।

दफा ४१ का अनुसार राजनीतिक दलले लेखापरीक्षण गराउनुपर्ने हुन्छ ।

लेखा परीक्षणको समयसीमा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र इजाजतप्राप्त लेखा परीक्षकबाट अडिट गराई त्यसको एक महिनाभित्र (आगामी माघ मसान्तसम्म) आयोगमा बुझाइसक्नुपर्छ ।

यस्तै, आयोगमा प्रतिवेदन बुझाएको एक महिनाभित्र सम्बन्धित दलले उक्त विवरण सार्वजनिकसमेत गर्नुपर्ने कानूनी बाध्यता छ ।

यदि कुनै दलले समयमै विवरण बुझाउँदैन भने आयोगले ३५ दिनभित्र स्पष्टीकरण सोध्न सक्नेछ ।

साथै, आयोगले तोकेको विशेषज्ञले जुनसुकै समयमा दलको कार्यालयमा पुगेर हिसाबकिताब निरीक्षण गर्न सक्ने अधिकारसमेत ऐनले प्रदान गरेको छ ।

तोकिएको समयभित्र स्पष्टीकरण नबुझाउने वा चित्तबुझ्दो जवाफ नदिने दलहरूलाई आयोगले जरिवाना गर्नेदेखि दल दर्ता खारेजीसम्मको प्रक्रिया अगाडि बढाउन सक्छ ।

Page Views: 29
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama