Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायल र ओमानसँग नयाँ श्रम सम्झौता गर्ने सरकारको तयारी

- shuvadmin / बुधबार, पुष २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) र कृषिक्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा नयाँ श्रम सम्झौताका लागि स्वीकृति प्रदान गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकारसँग तीन क्षेत्रीय कार्यक्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता(जिटुजी) गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

इजरायलसँगको सम्झौताअन्तर्गत अब होम–टु–होम केयरगिभर पनि पठाउन सकिने व्यवस्था भएको छ। यसअघि केयरगिभरहरू केवल संस्थागत काममा मात्र लैजान मिल्ने व्यवस्था थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेका अनुसार, नयाँ सम्झौतामा नवीकरणको स्पष्ट प्रावधान राखिएको छ, जसले दीर्घकालीन श्रमिक पठाउने प्रक्रिया अझ सुनिश्चित बनाउनेछ।

यस कदमसँगै धेरै नेपाली युवालाई इजरायलमा रोजगारीको अवसर बढ्ने अपेक्षा छ। साथै, इजरायलमा सेवा सुविधा र पारिश्रमिक राम्रो भएकाले यो देश नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिन्छ।

यस्तै, नेपाल–ओमानबीच पनि श्रम समझदारी (बीटूबी) को लागि मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ।

ओमानसँगको सम्झौताले करिब ५० वर्ष पुराना कूटनीतिक सम्बन्धलाई श्रम क्षेत्रमा समेत सुदृढ बनाउनेछ।

नेपालले स्वीकृतिपत्र पठाएपछि ओमानले हस्ताक्षर मिति र स्थान तोक्ने जनाइएको छ।

Page Views: 90
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama