Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारले खोल्यो म्यादी निर्वाचन प्रहरी भर्ना, माघ १० सम्म आवेदन

- shuvadmin / बिहिबार, पुष २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी निर्वाचन प्रहरी भर्ना खुलाएको छ ।

निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० जना म्यादी निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको हो ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि–२०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ ।

निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान गरिएको छ ।

नेपाल प्रहरीका अनुसार माघ ९ गतेभित्र उम्मेदवार छनोट गरिनेछ भने माघ १५ गतेदेखि प्रशिक्षण शुरु हुनेछ ।

भर्ना प्रक्रियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

साथै २०८२ पुससम्म सेना, प्रहरी तथा सशस्त्र प्रहरीमा आवेदन दिएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

यसअघि निर्वाचनमा सहभागी भइसकेका पूर्व म्यादी प्रहरी तथा विदेशी फौजमा कार्य अनुभव भएका व्यक्तिहरूलाई समेत प्राथमिकतामा राखिएको छ ।

शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट र महिला उम्मेदवारको ४ फिट १० इन्च तोकिएको छ ।

महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि लागू गरिएको छ ।

निर्वाचनको शान्ति, सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

Page Views: 103
संबन्धित शिर्षकहरु
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
ताजा अपडेट
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama