Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महामन्त्रीद्वयको प्रस्तावसहित ४ विषयमा छलफल गर्न ९ समूह गठन

- shuvadmin / सोमबार, पुष २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको आइतबारबाट शुरु भएको विशेष महाधिवेशनको बन्दसत्र जारी छ ।

सोमबार बिहानबाट शुरु भएको बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रस्तावहरु पेस गरेका छन् ।

ती प्रस्तावसहित अन्य विषयमाथि छलफलका लागि ९ वटा समूह गठन गरिएका छन् ।

विशेष महाधिवेशनको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार ती समूहले महामन्त्रीद्वयको प्रतिवेदन र अन्य ४ विषयमाथि समेत छलफल गर्नेछन् ।

गठित समूहले छलफलका लागि तय भएका समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन लगायतका विषयमा छलफल गरेर सुझाव दिनेछ ।

ती प्रस्तावमाथि समूहगत छलफलपछि विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढ्ने नेता पोखरेलले बताए ।

‘हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ, अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

बन्दसत्रमा विशेष महाधिवेशनको छुट्टै कार्यविधि समेत पेस भएको छ ।

Page Views: 97
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama