Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दिउँसो साढे २ बजे अर्को बैठक बस्नेगरी कांग्रेसको त्रिपक्षीय बैठक सकियो, आ–आफ्नो समूहमा ब्रिफिङ गरिने

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि आज बिहानदेखि बसेको त्रिपक्षीय बैठक सकिएको छ । आजै दिउँसो अर्को बैठक बस्ने गरी बैठक टुंगाइएको हो ।

पार्टीमा सहमति खोज्नका लागि बिहानदेखि तीन पक्षका नेताहरू संवादमा जुटेका थिए ।

कांग्रेसभित्र एक पक्षले आह्वान गरेको विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशनलाई स्विकार्न तयार भएको छैन ।

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले आज बिहानको बैठकमा विषय प्रवेश मात्रै भएको जानकारी गराए ।

‘विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौँ । उहाँहरूले सुन्नुभयो । एजेन्डागत रूपमा दिउँसो २ः३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ,’ उनले भने ।

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए ।

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर एक सदस्यका अनुसार सहमति गरेर जाने भन्नेमा दुवै पक्ष सहमत भएपनि कन्टेन्टमा सहमति भइसकेको छैन ।

‘सहमतिमा जान अधिकतम प्रयास गर्ने भन्ने भएको छ । दोस्रो चरणको वार्तामा बस्नुअघि यहाँ भएको छलफलको ब्रिफिङ गर्छौं’, ती नेताले भने, ‘उहाँहरूले पनि सभापतिसँग छलफल गर्छौं भन्नुभएको छ ।’

वार्ता चलिरहेको समयमा पनि भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ ।

यही वार्ताका कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।

Page Views: 163
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama