Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, कार्तिक ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अघि बढ्यो विशेष महाधिवेशन पक्षधर, नेतृत्व चयनका लागि निर्वाचनको तयारी, निर्वाचन तालिका सार्वजनिक

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा संकट गहिरिँदै गएको छ ।

दुवै पक्षबाट वार्ताका लागि टोली गठन गरेपनि संस्थापन टसमस नहुँदा विशेष महाधिवेशन पक्षधर भने नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारीमा जुटेको हो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ। विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेसको विधानको व्यवस्था अनुसार उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढ्नेछ।

विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा निर्वाचनको तयारी गरिएको केसीले बताए।

कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यको लागि मतदान हुनेछ।

आज मध्याह्न साढे १२ देखि साढे १ बजेसम्म मतदाता नामावली प्रकाशनको कार्यतालिका छ भने अन्तिम नामावली २ बजे प्रकाशन गरिनेछ।

त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै साँझ ७ बजेदेखि मतदान शुरु हुने कार्यतालिका छ।

वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा निर्वाचन समिति गठन गरी निर्वाचनको तयारी गरिएको हो ।

संयोजक केसीद्वारा जारी विज्ञप्तिमा मंगलबार (आज) नै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने तयारी गरिएको हो ।

‘काठमाडौं जिल्ला भृकुटीमण्डपमा सम्पन्न हुने गरी नेपाली कांग्रेस विशेष महाधिवेशन केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता श्री सीताराम केसीज्यूको संयोजकत्वमा आज मिति २०८२–०९–२९ गते मंगलबारका दिन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालय, काठमाडौंमा बैठक बसी निर्वाचन प्रक्रिया अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ,’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Page Views: 140
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama