काठमाण्डू, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार बस्दैछ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ८ बजेपछि पार्टी मुख्यालय सानेपामा बस्ने छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
यसअघि आज बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।
तर, केही थप छलफल र तयारी आवश्यक परेकाले अन्ततः बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।