Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा एकै गाउँका पाँच कामदारको मृत्यु, तीन घाइते

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुनसरी, सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक माघ १ गते बिहीबार बिहान करिब साढे ५ बजेको समयमा हुलाकी राजमार्ग अन्तर्गत सोनीयाहीको घुम्तीमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार ट्रक पल्टिँदा ट्रकको पछाडि लोड गरिएको मार्बलमाथि बसेका ५ जना मजदुरहरुको मृत्यु भएको हो ।

ट्रक पल्टिएपछि मार्बलको माथि बसेका मजदुरहरूलाई सोही मार्बलले थिचेर मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने सबै मजदूर सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का एकै बस्तीका बासिन्दा हुन् ।

मृत्यु हुनेहरूमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रम्हदेव गुरुङ, ५० वर्षीय टंक भन्ने टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।

ट्रकमा चालकसहित जम्मा ९ जना सवार रहेको प्रहरीले जनाएको छ । अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडिको भागमा मार्बलमाथि पाँच जना मजदुर बसेका थिए ।

क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालक भने फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानमा घुम्ती सडकमा तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई पल्टिएको देखिएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

Page Views: 32
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama